• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राडी पाखी बुनेर गुजारा चलाउँदै श्याम दम्पती

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १५, सोमबार ०९:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दोलखा, माघ १५ गते / दोलखाको उत्तरी दुर्गम सुरीका दम्पतीले विभिन्न आरोह अवरोह खेपेर पनि राडी पाखी बुन्ने पेसालाई जेनतेन अहिलेसम्म जोगाइ राख्नु भएको छ ।

    बेलामा पढ्नमा ध्यान गएन । परिवारको बोझ काँधमा परेपछि पछुताउ भयो तर के गर्नु ? अहिले हातमा भएको सानो  सीपबाट राडी पाखी समेत बुनी जीवन धान्ने गरेको श्याम गुरुङले गुनासो गर्नु भयो । दम्पती दुवैको सीपले राडी पाखी समेत बुनी बिक्री वितरण गरी छोराछोरी समेतको जेनतेन जीवन गुजारा चलेको बताउँदै उहाँले अब बूढाबूढी भयौँ जवानीको जोशजाँगर त छैन तर सीपलाई चटक्कै छोड्न गारो भएको बताउनु भयो । 

    चटक्क छोड्न त पटक्कै मन छैन, जीवनको साथी पेसालाई  बढाएर लैजाऊँ जस्तो पनि लाग्छ । उहाँले भन्नु भयो, आधुनिक मेसिन ल्याएर पेसा व्यवसाय बढाउने रहर छ तर सन्तानले यो सीप सिकेनन् । बढाउँछु भनेरै ऊन त सङ्कलन गरेँ । ऋण गरेर मेसिन ल्याउँला दक्ष जनशक्ति पाइएन भने ऋणमा मात्र डुबिन्छ भनेर ऊन थुपारेर राखेको छु । आँट आएको छैन ।

    उहाँले जेनतेन गरेको यो पेसाले हुँदै नभएको भने होइन । परिवार पालिएर सदरमुकाम चरिकोटमा जग्गा खरिद गरी पक्की घर पनि बनाइएको छ । उहाँले भन्नु भयो, अहिले जवानीको जस्तो जोशजाँगर आँट आउँदो रहेनछ । साथ दिने मानिस पाइन । दोधारमा छु ।

    आफ्नी श्रीमतीले माइतमा नै सादा राडी पाखी तथा लुकुनी बुन्न जानेको र उनीबाट आफूले पनि सीप सिकेको हो । उहाँले भन्नु भयो, बुट्टावाल बुन्न भने काठमाडौँमा रहेका रुम्जाटारे गुरुङबाट सिकेर १० वर्षसम्म काठमाडौँमै बुनाइको काम गरेको पूर्व स्मरण ताजै छ । काठमाडौँको महँगो बसाइमा रहन नसकी करिब तीन दशकअघि चरीकोट आई यो पेसा उहाँले अपनाउनु भएको हो । उहाँले भन्नु भयो, जागिर खाऊँ भने योग्यता छैन, त्यसमा पनि हदम्याद नाघिसक्यो । यही बुन्ने काम नै राम्रो लाग्छ । करिब ४० वर्षदेखि यसैमा तल्लीन भइरहेको छु ।

    काम त त्यति सजिलो छैन । गाउँका सुरी, खारेबाट ऊन ल्याउनु पर्छ । चरिकोट आइपुग्दा ऊन प्रतिधार्नी चार सय माथि पर्छ । उहाँले भन्नु भयो, एक धार्नी ऊनलाई सुकाइ, कटाइ कनाइ, मडाइ समेतको दुई पाटे राडी तयार गर्न एक हजार जति लाग्छ, बिक्री पन्ध्र सय रुपियाँमा पनि बिक्छ । नाफा पनि राम्रै देखिन्छ तर भने जति बिक्री हुँदैन ।

    उहाँका दुई वटा तान छन् । बूढाबूढी दुवैले बुन्दा दिनमा दुई पाटे राडी तयार हुन्थ्यो । अब त सकिँदैन उहाँले भन्नु भयो, माग अनुसारको लुकुनी पनि तयार गर्ने गरेका छौँ । लुकुनी एक हजार जतिमा बिक्छ पनि ।

    बजारमा त्यति बिक्री हुँदैन, गाउँमा पुर्याउनु पर्छ । उहाँले एक पटक बजारमै राडी पाखी, लुकुनी समेतको पसल राख्ने चाहना पनि गर्नु भएको थियो । भाडा तिरेर खासै नाफा नहुने देखेपछि मन मारेको पनि उहाँले बताउनु भयो ।

     

    बाबुराम शर्मा/ गोरखापत्र

    Post Views: 220
    प्रकाशित मिति: २०८० माघ १५, सोमबार ०९:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.