• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गत वर्षको तुलनामा कम उठ्यो राजस्व

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १५, सोमबार ०८:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा गत आवको एक तिहाइ हाराहारी मात्र राजस्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका कोष नियन्त्रक गणेशप्रसाद पोखरेलका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा नौ करोड ८५ लाख ५६ हजार एक सय ६० रूपैयाँ राजस्व असुली भएको छ।

    आव २०७९/८० को एकवर्षे अवधिमा ३२ करोड दुई लाख २१ हजार तीन सय ५१ रूपैयाँ राजस्व असुली भएको थियो। अर्धवार्षिक समीक्षाका दृष्टिले गत आवको राजस्व असुली भेट्न कठिन हुने प्रक्षेपण गरिएको छ।

    राजस्व असुलीका दृष्टिले भने नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो र दोस्रो महिना कमजोर हुने र तुलनात्मक दृष्टिले तेस्रोदेखि उताका महिना गतिशील हुने अवस्था देखिन्छ। गत आव बराबर राजस्व असुली हुनका लागि बाँकी अवधिको ६ महिनामा २२ करोड बढी राजस्व असुली हुनुपर्छ।

    संघीयतर्फको बजेट दोब्बर बढी खर्च

    चालु आर्थिक वर्षमा ताप्लेजुङमा प्रदेशभन्दा संघीयतर्फको बजेट दोब्बर खर्च भएको पाइएको छ। कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको ६ महिनाका संघीय सरकारतर्फको बजेटको ४६.३३ प्रतिशत खर्च हुँदा प्रदेश सरकारतर्फको भने २३.८० प्रतिशत खर्च भएको छ।

    कोष नियन्त्रक पोखरेलका अनुसार चालु र पुँजीगत गरी कुल संघीय सरकारतर्फ कुल चार अर्ब ६१ करोड एक लाख ६३ हजार रूपैयाँ बजेट रहेकोमा चालु आवको छ महिना अवधिमा २ अर्ब १३ करोड ५८ लाख ५७ हजार ४ सय ९८ रूपैयाँ खर्च  भएको छ।

    यस्तै प्रदेश सरकारतर्फ चालु र पुँजीगत गरी कूल ६१ करोड ९१ लाख १२ हजार रूपैयाँ बजेट रहेकोमा चालु आवको ६ महिना अवधिमा १५ करोड रूपैयाँ पनि खर्च भएन। कोलेनिकाका अनुसार प्रदेश सरकारतर्फ चालु आवको पुस मसान्तसम्ममा १४ करोड ७३ लाख ८७ हजार ६ सय १४ रूपैयाँ मात्र खर्च भएको छ।

    Post Views: 249
    प्रकाशित मिति: २०८० माघ १५, सोमबार ०८:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.