• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कल्याणकारी कोषलाई प्रतिफल प्राप्त हुने काममा खर्च गर्नुहोस् : उपप्रधानमन्त्री खड्का

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १४, आईतवार २१:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, माघ १४/ उपप्रधानमन्त्री तथा  रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई बढीभन्दा  बढी प्रतिफल प्राप्त हुने कार्यमा उपयोग गर्न सुझाव दिनुभएको छ। आइतबार सैनिक कल्याणकारी निर्देशनालयको निरीक्षण गर्नुहुँदै कोषको रकम हिताधिकारीलाई थप आर्थिक तथा सामाजिक सुरक्षा उपलब्ध हुने योजना तथा कार्यक्रममा लगानी हुनुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो।

    “कोषको रकमलाई जोखिमपूर्ण क्षेत्रमा लगानी हुनबाट रोक्नका लागि सजग रहन र बढी लाभदायक तथा मुलुकको आर्थिक, सामाजिक विकासमा टेवा पुर्याउने प्रकृतिका आयमूलक तथा उत्पादनशील कार्यमा परिचालन गर्नेतर्फ ध्यानाकर्षण गराउँदछु”, उहाँले भन्नुभयो। कोष स्थापनापछि हालसम्म १० लाखभन्दा बढी लाभान्वित भएको सुन्न पाउँदा आफूलाई खुसी लागेको बताउनुहुँदै उपप्रधानमन्त्री खड्काले कोषलाई  आगामी दिनमा नेपाली सैनिक तथा आश्रित परिवारजनलाई गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवा थप विस्तार गर्दै लैजान सुझाव दिनुभयो।

    नेपाली सेना र आश्रित परिवारको बृहत्तर हितका लागि स्थापना भएको कोषको रकमबाट विभिन्न कल्याणकारी एवम् आयमूलक कार्यक्रमको समन्वय र सञ्‍चालन भइरहेको छ। वि.सं. २०३२ मा स्थापना भएको कोष योगदानमा आधारित गैर नाफामूलक कल्याणकारी कार्यक्रम सञ्‍चालन भइरहेको छ। कोषबाट नेपाली सेनाका बहालवाला, अवकाश प्राप्त सैनिक तथा उनीहरूका आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य, सहुलियतपूर्ण ऋण, आर्थिक सहायताका साथै आवास तथा बीमा जस्ता कल्याणकारी कार्य सञ्‍चालन गर्दै विभिन्न राहत तथा सुविधा उपलब्ध गराउँदै आइएको छ।

    संयुक्त राष्ट्रसंघको आह्‍वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा शान्ति स्थापनार्थ शान्ति सेनाका रूपमा खटिएबापत प्राप्त हुने रकमको केही अंश पनि कोषमा जम्मा हुने गरेको छ। “विश्वका धेरै देशमा सरकारी बजेटबाट सञ्‍चालन हुने सैनिक कल्याणकारी सेवा सुविधा नेपालमा राज्यलाई थप आर्थिक दायित्व सिर्जना नहुने गरी नेपाली सेनाका सकल दर्जाकै योगदानबाट सञ्‍चालन हुनु आफैँमा उदाहरणीय र सराहनीय कार्य हो”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो।

    हाल सैनिक कल्याणकारी कोषबाट सञ्‍चालन हुने कार्यक्रमलाई कल्याणकारी कार्य, कल्याणकारी योजना र आयमूलक कार्य गरी तीन वटा खण्डमा विभाजन गरी सञ्‍चालन भइरहेको छ। कोषसँग सम्बन्धित प्रचलित ऐन, कानुन एवम् नीतिगत व्यवस्थालाई समयानुकूल परिमार्जन गर्न आफूले सरकारको तर्फबाट सदैव आवश्यक सहयोग गर्ने उपप्रधानमन्त्री खड्काको खड्काको भनाइ थियो।

    कार्यक्रको प्रारम्भमा कोषका निर्देशकले कोषको समग्र वस्तुस्थितिकाबारेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई जानकारी गराउनुभएको थियो। निरिक्षण तथा छलफल कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरण शर्मासहितका अधिकारी पनि सहभागी रहनुभएको थियो।साभार गोरखापत्र

    Post Views: 162
    प्रकाशित मिति: २०८० माघ १४, आईतवार २१:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.