• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जोखिम पुर्ण यात्रामा रहेकालाई माइती नेपालले उद्दार गर्दै

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १४, आईतवार २०:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,माघ १४/जोखिम पुर्ण यात्रामा रहेका महिला तथा बालबालिकालालाई माइती नेपालले उद्दार गरि आवधिक गृहमा प्रवेश गराउने र आवश्यक परामर्श प्रदान गर्दै आएको छ । जोखिम पुर्ण यात्रामा रहेकालाई माइती नेपालले सिमानाका लगायत ठाउँबाट उद्दार गर्दै आएको हो । माइती नेपाल बर्दियाले शुक्रबार आयोजना गरेको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि संचारकर्मीसंगको अन्तरक्रियामा के कति काम गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

    सन् २०२३ माजोखिम पुर्ण यात्रामा रहेका ३ सय ५ जनालाई उद्दार गरि आवधिक गृहमा प्रवेश गराएको र आवश्यक परामर्श प्रदान गरिएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले तथ्यांक सार्वजनिक गरिन् । जसमा १८ वर्ष मुनिका २ सय १५ र १८ वर्ष माथिका ९० जना रहेका छन् । ३ सय ५ मध्ये २ सय १० जना बर्दिया जिल्लाको र बाँकी अन्य जिल्लाका रहेको तथ्यांक छ ।

    त्यसैगरि ३ सय १२ जनालाई पारिवारिक पुर्नमिलन गराईएको जनाईएको छ । श्रम तथा यौन शोषणमा परेको एक जनालाई माइती नेपालले उद्दार गरेको छ । मानव बेचबिखन र सुरक्षित बसाई सराई बारे बोर्डरबाट परामर्श दिई ५२ जनालाई घर फिर्ता गराएको जनाईएको छ । एक वर्षमा माइती नेपालमा खोजतलासको लागि ४७ वटा निवेदन परेको थियो जसमा ८ जना मात्र फेला परेको तथ्यांकले पुष्टि गरेको छ । ८२ वटा घरेलु हिंसाका घटना मध्ये ७८ वटा घटना माइती नेपालले समाधान गरेको छ ।

    बेचबिखनको मुुद्दा दर्ता भएको एउटा केसलाई आवश्यक सहयोग तथा परामर्श गरेको जनाईएको छ । त्यसैगरि २८ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएकालाई आवश्यक परामर्श दिएको माइती नेपाल बर्दियाकी प्रमुख रिमालले जनाईन् । उद्दार गरिएका महिला तथा बालबालिकालाई संरक्षण, स्वास्थ्य उपचार, कानुनी उपचार र सिप मुलक तालिम दिई आत्मनिर्भर बनाउँदै आएकोसमेत रिमालले जानकारी दिईन् ।

    फ्रिअ गर्लको सहयोग माइती नेपाल बर्दियाको आयोजना तथा नेपाल पत्रकार महासंघ बर्दियाको समन्वयमा अन्तरक्रिय सम्पन्न भएको । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष ऐमनाथ घिमिरे, बर्दियाका अध्यक्ष यादव आचार्यलगायत संचारकर्मीहरुको अन्तरक्रियामा सहभागिता रहेको थियो ।

    Post Views: 192
    प्रकाशित मिति: २०८० माघ १४, आईतवार २०:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.