• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १४, आईतवार १२:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुल्मी, माघ १४ गते / गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवाको सुभारम्भ गरिएको छ । हेमोडायलाइसिस सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा स्वास्थ्य मन्त्री खनालले प्रदेशअन्तर्गतका सबै अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु गरिने बताउनुभयो ।

    यस वर्ष यस प्रदेश भित्रका ६ वटा अस्पतालमा डायलाइसिस सेवा सुरु गरेको स्वास्थ्य मन्त्रालयले सबै अस्पतालको थप सेवा विस्तार गर्ने बताउनुभयो । उहाँले संविधानले सुनिश्चत गरेको आधारभुत स्वास्थ्य सेवा तल्लो तहसम्म पुर्‍याउन मन्त्रालय प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

    अस्पतालहरुमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै गुणस्तरीय उपचार सेवा प्रदान गर्न सकिने भन्दै मन्त्री खनालले अहिले पनि स्वास्थ्यमा एक सयभन्दा बढी दरबन्दी खाली रहेको बताउनुभयो । प्रदेश मन्त्रालयले आह्वान गरेको प्राविधिक जनशक्तिमा दर्खास्त दिन नै नआउँदा समस्या परेको बताउनुभयो । समय–समयमा थप गरिएका सेवालाई निरन्तरता दिनुपर्ने भन्दै उहाँले लहडको भरमा नभई आवश्यकता र दिगोपनको सुनिश्चिता हुने गरी योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।

    रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले हेमोडायलाइसिस सेवा सुभारम्भले गुल्मी जिल्लाको समुन्नतिमा एउटा इट्टा थप भएको बताउनुभयो । जिल्लामै हेमोडायलाइसिस सेवा सुरु भएकाले दुःखी र गरिब नागरिक सबैभन्दा धेरै लाभान्वित हुन पनि उहाँले आग्रह गर्नुभयो ।

    नगरप्रमुख पन्थीले आफू निर्वाचित भएपछि रेसुङ्गा नगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट गुल्मी तम्घासमै मिर्गौलाको डायलाइसिस सेवा आरम्भ गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको स्मरण गराउँदै निरन्तरको खटाई र पहलबाट आज सो निर्णय कार्यान्वयनमा आएको बताउनुभयो ।

    उहाँले गुल्मी जस्तो दूर–दराजको ग्रामीण भू–भागका जनताले यो सेवाको अभावमा धेरै कष्ट बेहोर्नु परेको भन्दै सहजताका लागि जिल्लामै यस्तो निणर्य गरी अहिले सञ्चालनामा ल्याएको बताउनुभयो । नगरपालिकाले गुल्मी अस्पतालमै विशेषज्ञ डाक्टरलाई थप सेवा सुविधा दिएर हाडजोर्नी लगायतका विशेषज्ञ सेवा प्रवाह भइरहेको भन्दै गुल्मी अस्पताललाई मेरो अस्पताल भन्ने भावना जागृत गराउने गरी अगाडि बढिरहेको बताउनुभयो ।

    गुल्मीमै डायलासिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य भएको छ । डायलासिस सेवाका लागि अस्पतालमा पाँच मेसिन छन् । त्यसमध्ये तीन वटासम्म नियमित सञ्चालन गर्न सकिने गुल्मी अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा.किशोर बञ्जाडेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बाँकी दुई वटा वैकल्पिक रुपमा राख्नुपर्ने हुन्छ । डायलासिस सेवाका लागि अस्पतालमा एक विशेषज्ञ डाक्टर र एक नर्सको व्यवस्था गरिएको छ । एक बिरामीले हप्तामा दुई पटक डायलासिस गराउनुपर्छ । एक पटकमा झण्डै पाँच घण्टा लाग्छ । अस्पतालमा हप्तामा नौ जनालाई डायलासिसको सेवा प्रदान गर्न सकिने बताउनुभयो ।

    गोरखापत्र/ रमेश विश्वकर्मा

     

    Post Views: 243
    प्रकाशित मिति: २०८० माघ १४, आईतवार १२:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.