• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

‘विश्वास गर्दा धोका, भरोसा राख्दा निराशा’

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १४, आईतवार ११:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले तुलसी गिरी, विश्वबन्धु थापासहितका केही नेतालाई विश्वास गरेर पार्टीको महत्वपूर्ण जिम्मेवारी दिएका थिए।

    मुलुकमा राणा शासन अन्त्यसँगै प्रजातान्त्रिक शासन व्यवस्था अघि बढाउन सहज हुने बुझाइमा बिपीले पार्टीभित्रबाट विरोध हुँदाहुँदै पनि गिरी, थापालगायतलाई जिम्मेवारी दिएका हुन्। तर तिनै नेताहरूले कांग्रेसलाई मात्र होइन, सिंगो प्रजातान्त्रिक प्रक्रियामै धोका दिए। गिरी र थापाले त पार्टीका योजना र रणनीति दरबारमा पुर्‍याएको बिपीले आत्मवृत्तान्तमा लेखेका छन्।

    मुलुकमा पहिलोपटक संसद्का लागि २०१५ सालमा भएको आमनिर्वाचनपछि प्रतिनिधिसभामा प्रमुख सचेतकको भूमिका पाएका थापाले पार्टीले लिएको निर्णय उल्टापाल्टा गरेको उल्लेख गरेका छन्। २०१२ सालमा भएको कांग्रेस महाधिवेशनले समाजवादी नीति पारित गरेको थियो। त्यसलाई २०१५ सालको आमनिर्वाचनपछि बनेको बिपी नेतृत्वको सरकारले व्यवहारमा लागु गर्ने प्रयास गरेको थियो।

    बिपीले सरकारले जनहितका पक्षमा ल्याउन लागेका कार्यक्रमबारे गिरीसहितका नेताहरूसँग छलफल गर्थे। छिमेकी मुलुक भारतका समाजवादी नेताहरूले पनि नेपालको परिवेशअनुसार समाजवादी नीतिका विभिन्न प्रस्ताव पठाएका थिए। त्यस्ता प्रस्ताव अध्ययनको जिम्मा बिपीले पार्टी महामन्त्रीसमेत रहेका गिरीलाई दिएका थिए। तर गिरीले ती प्रस्तावबारे राजा महेन्द्रलाई जानकारी गराउने र बिपी नेतृत्वको सरकारविरुद्ध राजालाई उचाल्ने गरेको आरोप कांग्रेस नेताले लगाउँदै आएका छन्।

    गिरीले आफ्नो सल्लाह र सुझावमा राजा महेन्द्रले भूमिसुधारसहितका कार्यक्रम ल्याएको बताएका थिए। ‘जे, जति राजाले सामाजिक सुधारका कार्यक्रम ल्याए, त्यो मेरै सल्लाहअनुसार आएको थियो,’ २०७१ मंसिरमा पंक्तिकारसँगको भेटमा गिरीले भनेका थिए, ‘राजाले म बाँचुन्जेल यो कुरा बाहिर नभन तुलसी भनेका थिए। मैले विश्वास घात गरिनँ। तर सबै कार्यक्रम र योजना मेरा थिए।’

    राजा महेन्द्रले २०१७ पुस १ गते पहिलो जननिर्वाचित सरकार अपदस्थ गरेसँगै गिरी, थापासहितका धेरै नेता उतै लागेका थिए। २०६१ सालमा राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक सरकार विघटन गरी प्रत्यक्ष शासन गर्दा गिरीलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएका थिए।

    त्यस्तै २०३४ सालमा पार्टी महामन्त्रीको जिम्मेवारी पर्शुनारायण चौधरी र गिरिजाप्रसाद कोइरालाले पाए। चौधरीप्रति दरबार र छिमेकी मुलुक भारतसमेत नरम रहेको बुझेका बिपीले २०३६ सालको जनमतसंग्रहका क्रममा बहुदलको पक्षमा परिणाम आए उनैलाई प्रधानमन्त्री बनाउने अभिव्यक्ति दिएका थिए। तर चौधरी पछि कांग्रेस छाडेर दरबार पसे।

    १४औं महाधिवेशनबाट कार्यकर्ताले युवालाई पार्टीको महŒवपूर्ण पदमा पु¥याएका छन्। ८० वर्षवरिपरिका नेतालाई सभापति चुनेका कार्यकर्ताले ५० आसपासका युवा गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्री बनाएका छन्। कांग्रेसमा परिवर्तनको संकेत महाधिवेशनबाट मिल्यो।

    तर महाधिवेशन भएको दुई वर्षसम्म महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशन प्रतिनिधिको आशामा थप भरोसा जगाउन सकेनन्। उनीहरूले पार्टी र मुलुकलाई अघि बढाउने नीति तथा कार्यक्रम ल्याउन नसकेको धेरैको बुझाइ छ। गुनासो र भाषणमै महामन्त्रीद्वय सीमित भएको प्राध्यापक लोकराज बरालको विश्लेषण छ। ‘गगन (गगनकुमार थापा), विश्व (विश्वप्रकाश शर्मा), प्रदीप पौडेलहरूले कांग्रेसमा केही गर्छन् भन्ने धेरैले आशा गरेका थिए,’ उनले भने, ‘महाधिवेशनपछि कांग्रेसमा अबचाहिँ केही हुन्छ भन्ने भएको थियो। तर यिनीहरूले पनि गफ मात्र गरे, नयाँ कुनै नीति तथा कार्यक्रम ल्याउन सकेनन्।’

    समुदायमा कांग्रेस अभियान

    कांग्रेसले शनिबारदेखि समुदायमा कांग्रेस अभियान सुरु गरेको छ। माघ २६ गतेसम्म जनताका कुरा सुन्ने र समस्या पहिचाना गर्ने उद्देश्यसहित कांग्रेसले यो अभियान सुरु गरेको हो। समुदायमा कांग्रेस अभियानको नारा ‘समुदायमा जानुहोस्, जनताको कुरा सुन्नुहोस्’ भन्ने छ। अभियानका माध्यमबाट समुदाय र जनताको अपेक्षा, सुझाव तथा चासो सुन्ने कांग्रेसले जनाएको छ।

    महामन्त्री थापासहितका नेताले पार्टीले शनिबारदेखि सुरु गरेको समुदायमा कांग्रेस अभियानसँगै संवाद यात्रा पनि थालेका छन्। झापाको मेची पुलबाट शनिबार बिहान उनीहरूले संवाद यात्रा सुरु हुन्। त्यसअवसर कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले युवा पुस्ताको काँधमा कांग्रेस र मुलुक रहेको बताउँदै जिम्मेवार भएर लाग्न आग्रह गरे।

    कांग्रेसले मुलुकमा सधैं उज्यालो छरेको दाबी गर्दै महामन्त्री शर्माले अभियान जनताका गुनासो सुन्न सहयोगी हुने विश्वास व्यक्त गरे।अभियानको उद्देश्य सेवा प्रवाह, विकास र निर्माण स्तर, समुदायमा भइरहेको वास्तविक अभ्यास अवलोकन गर्ने, जनताबाट प्राप्त सुझाव कार्यान्वयन गर्न कदम चाल्ने, नीति निर्माणका क्रममा महासमिति बैठकलगायतलाई निर्देशन दिने रहेको छ ।

    अभियानका लागि कांग्रेसले जिल्लला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। चिसोका कारण हिमाली जिल्लाहरू सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट र दैलेखमा भने कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छैन।

    अभियानको पहिलो चरण माघ १६ गते सहिद दिवसमा विशेष कार्यक्रमबाट सुरु हुनेछ। त्यस दिन ६ हजार ७४३ वडामा कार्यक्रम गर्ने कांग्रेसले जनाएको छ। सुशील कोइराला स्मृति दिवसका दिन माघ २६ गते अभियान सकिने कांग्रेसले जनाएको छ।

    नागरिकन्युज

    Post Views: 219
    प्रकाशित मिति: २०८० माघ १४, आईतवार ११:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.