• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

उद्योगमा एक खर्ब छब्बिस अर्ब लगानी प्रतिबद्धता

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १४, आईतवार ०९:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, माघ १४ गते / चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) २११ स्वदेशी उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार छ महिनामा सानाठुला र मझौला गरी २११ उद्योग दर्ता भएका हुन् । ती उद्योगमा एक खर्ब २६ अर्ब रुपियाँ लगानी प्रतिबद्धता जनाएको छ । सरकारले चालु आवमा कुल ३६५ वटा नयाँ उद्योग दर्ता हुने लक्ष्य राखेको छ । 

    दर्ता भएका उद्योगमा २८ वटा ठुला उद्योग, १६ वटा मझौला उद्योग र १६७ वटा साना उद्योग छन् । चालु आर्थिक वर्षमा ठुला उद्योग ८०, मझौला ८५ र साना दुई सय वटा उद्योग दर्ता गर्ने लक्ष्य छ । छ महिनामा सबैभन्दा धेरै साना उद्योग दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ ।

    चालु आवको पहिलो छ महिनामा उद्योग दर्ताको सङ्ख्या गत आवको यसै महिनाको तुलनामा वृद्धि भए पनि लगानी प्रतिबद्धतामा भने कमी आएको छ । विभागको तथ्याङ्क अनुसार गत आव २०७९/८० को पहिलो छ महिनामा १४५ उद्योग दर्ता भएका थिए । जसको कुल प्रस्तावित लगानी एक खर्ब ३९ अर्ब रुपियाँ रहेको थियो ।

    यस वर्ष पुसमा मात्र कुल ३२ उद्योग दर्ता भएका छन् । यसमा १२ अर्ब ३१ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस वर्ष दर्ता भएका उद्योगले कुल १३ हजार ६७० रोजगारी सिर्जनाको लक्ष्य राखेका छन् । पुसमा मात्र दर्ता भएका उद्योगले दुई हजार १८१ रोजगारी सिर्जनाको लक्ष्य राखिएको छ । यस्तै चालु आवको पहिलो छ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भने २२ अर्ब ३३ करोड रुपियाँ बराबरको स्वीकृति भएको छ । यो वर्ष कुल ३८ अर्ब विदेशी लगानी भित्र्याउने लक्ष्य रहेको छ । पुसमा मात्र एक अर्ब ७३ करोड रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको छ । छ महिनामा विदेशी लगानीका २२६ वटा उद्योग दर्ता भएका छन् । पुस महिनामा मात्र २७ वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । यी उद्योगले १२ हजार १६७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै पर्यटन, सेवामूलक र ऊर्जा क्षेत्रमा रहेको  विभागले जनाएको छ ।

    यसैबिच चालु आवको साउनदेखि नै मुलुकमा भित्रिने विदेशी लगानीमा सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत साउनदेखि मङ्सिरसम्म तीन अर्ब ९२ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपियाँ भित्रिएको थियो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

    Post Views: 241
    प्रकाशित मिति: २०८० माघ १४, आईतवार ०९:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.