• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चिसो अझै बढ्ने

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १४, आईतवार ०७:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, माघ १४ गते / अझै केही दिन चिसो बढ्ने भएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको जाडो लम्बिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    मौसमविद् गोविन्द झाका अनुसार चिसो बढ्दै जाँदा काठमाडौँलगायतका प्रायः सबैतिर तापक्रममा उच्च गिरावट आएको छ । काठमाडौँको तापक्रम बिहीबार र शुक्रबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रममा स्थिर रहेकोमा शनिबार घटेर २.५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षको हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो ।

    गत वर्षको तुलनामा यो वर्ष यस अङ्कमा न्यूनतम तापक्रम पुग्न २० दिन ढिलो भएको छ । गत वर्ष जनवरी ७ तारिखमा न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रेकर्ड भएको थियो । यो विश्लेषणले पनि गत वर्षभन्दा यस वर्षको जाडो २० दिन पछाडि धकेलिएको देखाउँछ ।

    फागुन १५ सम्मको समय हिउँदयामको मानिन्छ तर यस वर्ष जाडो धकेलिएर फागुनभर पनि चिसो हुने सम्भावना बढेको छ । वर्षा भएको खण्डमा त्यो चिसो अझ पर पूर्वमनसुनको समयसम्म धकेलिन सक्ने महाशाखाले अनुमान गरेको छ ।

    अहिलेसम्म वर्षा हुने राम्रो प्रणाली नदेखिएको र भएको प्रणाली पनि आकाशको धेरैमाथि रहेको मौसमविद् झाले बताउनुभयो । हिमाली भेगको चिसो माइनसबाट तलतिर झर्ने क्रम जारी रहेको महाशाखाले जानकारी दिएको छ । जस अनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५.३ डिग्री सेल्सियसभन्दा तल पुग्दै छ । त्यस्तै जोमसोममा माइनस ५.५ डिग्री पुगेको छ । नौ हजार मिटरमाथिको उच्च हिमाली भेगको पश्चिमी हिमाली भेगमा न्यूनतम तापक्रम माइनस ४१ डिग्री पुगेको छ । त्यस्तै मध्य क्षेत्रको उच्च हिमाली भेगमा माइनस ४३ डिग्री र पूर्वी क्षेत्रको उच्च हिमाली भेगमा माइनस ४५ डिग्रीमा झरेको छ ।

    उच्च हिमाली भेगमा हिउँ धेरै नपरे पनि चिसो बढेको छ, जसको प्रभाव तराईमा उच्च शीतलहर बनेर ओइरिएको छ । जसका कारण वायुमण्डलको पारदर्शितामा न्यूनता आउँदा हवाई उडान प्रभावित भएको छ । तराईका धेरै जिल्लामा केही दिनयता शून्य पारदर्शिता रेकर्ड भएको छ । मौसमविद् झाका अनुसार पारदर्शिता वायुमण्डलमा एक सय मिटरभन्दा तल झरेपछि त्यो शून्य पारदर्शितामा गनिन्छ ।

    तराईमा शून्य पारदर्शिता

    लुम्बिनी, मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा शून्य पारदर्शिता रेकर्ड भएको हो । यो भनेको मानिसको आँखाले पनि धेरै परसम्म धान्न नसक्ने पारदर्शिता हो । शीतलहर सिमसिमे वर्षा भए जस्तैको अवस्थामा रहेकाले ठिहि¥याउने चिसोको मारमा तराईका बासिन्दा परेका छन् ।

    भैरहवा र सिमराको पारदर्शिता शनिबार दिउँसो केही सुधार भएको देखिएको छ तर रात पर्दै जाँदा फेरि त्यो मेटिने गरेको छ । नेपालगन्ज, धनगढी, विराटनगरलगायत अन्यत्रको पारदर्शितामा सुधार आउन सकेको छैन । पश्चिम, मध्य र पूर्वी तराईमा शीतलहर चलेकाले जनजीवन सहज बनाउन आवश्यक पहल गर्न सुझाइएको छ ।

    गोरखापत्र

    Post Views: 222
    प्रकाशित मिति: २०८० माघ १४, आईतवार ०७:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.