• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

२२५ साइकल यात्री प्राचीन कपिलवस्तुमा

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १३, शनिबार २१:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कपिलवस्तु,माघ १३/पर्यटन प्रवर्द्धन र विश्व शान्तिको सन्देश सहित २ सय २५ साइकल यात्री प्राचीन कपिलवस्तु आएका छन्। बुद्ध परिपथ प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यकासाथ बुद्ध ज्ञान यात्रामा निस्केका उनीहरु प्राचीन कपिलवस्तु आइपुगेका हुन। साइक्लिङ संघ रुपन्देहीको आयोजनामा गौतम बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्रामबाट उनीहरुले शुक्रबार यात्रा सुरु गरेका थिए।

    बुद्धको मावली देवद हुँदै शुक्रबार साँझ उनीहरु कपिलवस्तु नगरपालिका वडा नम्बर-९ स्थित विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर पुगेका थिए। शनिबार बिहान शाक्यहरूको नरसंहार गरिएको सगरहवा हुँदै बुद्धको क्रिडास्थल तिलौराकोट पुगेका थिए। तिलौराकोटको अवलोकनका क्रममा कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, वडा नम्बर-३ का अध्यक्ष प्रकाश गैरे र कपिलवस्तु साइक्लिङ संघका जिल्ला अध्यक्ष नासिर गौरीले यात्रीहरुलाई स्वागत एवं सम्मान गरे।

    सो क्रममा रुपन्देही साइक्लिङ संघले समेत मेयर सुदीप पौडेललाई सम्मान पत्र प्रदान गरेको थियो। मेयर पौडेलले प्राचीन कपिलवस्तुसहित बुद्ध परिपथको प्रचारप्रसार गर्ने उद्देश्यले गरिएको बुद्ध ज्ञान यात्रा प्रभावकारी रहेको बताए। उनले ओझेलमा परको कपिलवस्तुका बुद्ध स्थलहरुलाई विश्वमा चिनाउन यसले मद्दत मिलेको बताए। उनले आफूले पनि १५ वर्ष अघि साइकलले मेची – महाकालीको यात्रा गरेको स्मरण गर्दै उनले पर्यटक प्रबन्धन कालागि यो महत्त्वपूर्ण कार्य रहेको सुनाए।

    साइकल यात्रीहरू क्रकुछन्द बुद्धको जन्मथलो गोटीहवा र बुद्धले बुद्धत्व प्राप्त गरे पछि आफ्नो परिवारलाई पहिलो पटक भेटको निग्रोधराम कुदान हुँदै शनिबार दिउँसो लुम्बिनीमा पुगेको छन्। बुद्ध ज्ञान यात्राका संयोजक दिनेश आमात्यले आफुहरुले बुद्ध परिपथको प्रचार प्रसारका लागि यो अभियान चलाएको बताए। उनले आफूहरूको यो कार्यले ओझेलमा परको बुद्ध स्थलहरूको प्रचारप्रसार हुने जिकिर गरे। रामग्रामम देवदह, कपिलवस्तु लुम्बिनी हुँदै रुपन्देही सम्म १ सय ८० किलोमिटर यात्रा तय गरिने उनले बताए। लुम्बिनीमा प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीसँग भेटघाट पछि यात्रा सकिनेछ। साभार नागरिकन्युज

    Post Views: 242
    प्रकाशित मिति: २०८० माघ १३, शनिबार २१:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.