बर्दिया,माघ १३(माउण्टेनसमाचार) / बर्दियामा मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ। राजापुर नगरपालिका–१० स्थित मझेरा जाने झोलेङ्गेपुलको तल शनिबार साढे १ बजे शव फेला परेको हो।

मधुवन नगरपालिका–२ ओराली बजारका ३५ वर्षीय सरोज सुनारको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले चार जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।




