• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्राविधिक समस्याले लाइसेन्स कार्ड छाप्ने काम अझै सुरु भएन

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १२, शुक्रबार २१:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,माघ १२ /जर्मनीबाट १५ दिन अगाडि आएको चालक अनुमति पत्र (लाइसेन्स) छाप्न प्राविधिक समस्या उत्पन्न भएको छ। जसबाट कार्ड छाप्ने काम अझै सुरु भएको छैन। यद्यपि कार्ड छाप्नको लागि प्राविधिक प्रक्रिया सुरु भइरहेको यातायात व्यवस्था विभागका अधिकारीहरूको भनाइ छ। गत पुस २६ गते जर्मनीको मुलबार कम्पनीले पहिलो चरणमा ६लाख कार्ड काठमाडौँ पठाएको थियो। माघको पहिलो साताबाट कार्ड छाप्न सुरु गर्ने विभागको तयारी थियो। त्यो तयारीमा केही प्राविधिक अवरोध उत्पन्न भएको छ।

    जर्मनीबाट आएका कार्डको पर्सनालाइजेशन गर्ने जिम्मा भारतको मद्रास सेक्युरिटी पिन्ट्रर्सले पाएको छ। लाइसेन्स कार्ड जर्मनीको मुलबर कम्पनीले पठाएको हो। कार्डको ल्याब टेष्ट गर्ने जिम्मा जर्मनीको फोरगा टेष्ट कम्पनीले पाएको छ। मद्रास कम्पनीले अझै कार्डको पर्सनालाइजेशन गरेको छैन। विगत ८ वर्ष देखि नेपालको लाइसेन्सको सिस्टमको नियन्त्रण उक्त कम्पनीले गर्दै आएको छ।

    कार्डको पर्सनाइजेशन नभएको कारण जर्मनको फोरगा कम्पनीलाई अझै ल्याब टेष्ट गर्न नपठाएको विभागका महानिर्देशक उद्धव रिजालले बताए। उनका अनुसार ल्याब टेष्ट नभएकोले जर्मनीबाट आएका कार्डलाई छाप्ने काम अझै सुरु भएको छैन। विभागले जर्मनीको फोरगा कम्पनीलाई ७५ वटा छापेका कार्ड र ७५ वटा खाली कार्ड पठाउने तयारी विभागले गरेको छ । ‘कार्ड छाप्ने बित्तिकै ल्याब टेष्ट गर्न पठाउने छौ’ रिजालले भने।

    यसअघि माघको पहिलो साताबाट कार्ड छाप्ने र कार्ड छाप्ने बित्तिकै सेवाग्राहीलाई वितरण गर्ने तयारी विभागले गरेको थियो। मुलबर कम्पनीले १२ लाख कार्ड पठाउने ठेक्का विभागबाट पाएको छ। जसमध्ये ६ लाख कार्ड पहिलो चरणमा पठाइएको छ। बाँकी ६ लाख कार्ड ४५ दिन भित्र अर्को चरणमा पठाउने भएको छ। कार्डको प्रतीक्षामा १४ लाख ५८ हजार सवारी चालक अनुमति पत्र पास भएका तथा नवीकरण गरेका सवारी चालक छन्। पछिल्लो ६ महिना देखि लाइसेन्स छाप्ने काम ठप्प भएको छ। अहिले दैनिक ४ देखि ५ हजारसम्म व्यक्तिले लाइसेन्स पास तथा नवीकरण गर्ने गरेका छन्।

    जर्मनी जाने कार्यक्रम स्थगित

    यसैबिच जर्मनबाट पठाएको कार्डको गुणस्तर बार अनुगमन गर्न भन्दै जर्मनी जाने तयारी भएको विभागका उच्च कर्मचारीहरूको एउटा कार्यक्रम केही दिनकोलागि स्थगित भएको छ। रद्द भने नभएको विभागका कर्मचारीहरूले बताएका छन्। यसअघि कार्डको गुणस्तर अनुगमन गर्न भन्दै विभागका महानिर्देशक रिजाल, आइटी विभाग प्रमुख मुकेश रेग्मी, मन्त्रालयका सहसचिव रघुराम विष्ट लगायतको टोली यही माघमै जर्मनी जाने कार्यक्रम तय गरिएको थियो।

    यस भ्रमणलाई मन्त्रिपरिषद्ले समेत स्वीकृति जनाइसकेको थियो। यो कार्यक्रम केही दिनको लागि पर सरेको स्रोतको भनाइ छ। अहिले शङ्कास्पद लाइसेन्सको छानबिनकै काममै विभाग व्यस्त भएकोले तत्काल जर्मनी जाने कार्यक्रम तय नभएको विभागका महानिर्देश रिजालले जनाए।साभार नागरिकन्युज

    Post Views: 178
    प्रकाशित मिति: २०८० माघ १२, शुक्रबार २१:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.