• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कार्यवाहक महासचिव पाण्डेयको नागरिकता छानबिन गर्दै समिति

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १२, शुक्रबार २१:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,माघ १२ /प्रतिनिधिसभाका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयको दुई पटक नागरिकता सच्याएको प्रमाण संसदीय समितिमा पुगेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अध्ययन थालेपछि गृह मन्त्रालयले सप्रमाण समितिमा पठाएको हो। समितिमा प्राप्त कागजात अनुसार दुई पटक मिति परिवर्तन गरेर नागरिकता लिएको पाइएको छ।

    समिति सभापति रामहरि खतिवडाले भने गृहले पठाएको विवरण प्राप्त भएको छ, अब अध्यागमन र निजामती किताब खानाको विवरण हेरेपछि समितिले निष्कर्ष निकाल्ने छ। पाण्डेयले नागरिकता लिएर के के कुरामा दुरुपयोग भयो भन्ने कुराको अध्ययन गर्ने समितिको तयारी छ। समितिले सबै विवरण माग गरेपछि कार्यवाहक महासचिव पाण्डेयलाई पनि समितिले सोधपुछ गर्ने तयारी गरेको छ। पाण्डेयले नागरिकता र राहदानीमा किर्ते गरेको उजुरी परेपछि समितिले गृहलाई पत्राचार गर्दै विभिन्न मितिमा जारी भएका नेपाली नागरिकताको प्रमाणपत्रसँग सम्बन्धित कागजातहरू माग गरेको थियो।

    गृहले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट प्राप्त कागजातहरू समितिमा पठाएको हो। पाण्डेयले २०४६ असार २८ गते पहिलो नागरिकता लिँदा जन्म मिति २०२६ असोज १५ कायम गरेका थिए। यसै गरी,२०६६ भदौ ८ गते लिएको दोस्रो नागरिकतामा जन्म मिति २०३२ पुस २६ गते कायम गरेका थिए। तेस्रो पटक २०७६ मंसिर २२ गते लिएको नागरिकतामा जन्म मिति २०२६ असोज १५ गते सुरुको जन्म मिति कायम गरिएको छ। पाण्डेयले दोस्रो पटक लिएको नागरिकताको आधारमा राहदानी बनाएको छ कि छैन अध्ययन भइरहेको छ।

    गत मंसिर २४ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहितको व्यवस्थापन समितिले संसद्को महासचिवका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। प्रतिनिधिसभाको सचिव रहेका उनले राजीनामा नदिईकन महासचिवमा सिफारिस भएको भन्दै राष्ट्रपतिबाट नियुक्ति प्रक्रिया रोकिएको छ। यसैबीच उनको नागरिकताको विषय पनि जोडिएकाले अब उनको नागरिकता दुरुपयोग भए नभएको यकिन नभएसम्म नियुक्ति प्रक्रिया लम्बिने देखिएको छ। अहिले महासचिव नभएकाले उनलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको छ।साभार नागरिकन्युज

    Post Views: 215
    प्रकाशित मिति: २०८० माघ १२, शुक्रबार २१:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.