• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नतिजा सुधार गर्न विद्यालयमा आवास सुविधा

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १२, शुक्रबार २१:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चरीकोट, माघ १२ / जिल्लाको एक सामुदायिक विद्यालयले विद्यार्थीको नतिजा सुधार गर्न विद्यालयमा आवास सुविधा गरेको छ । तामाकोसी गाउँपालिका–४ मालुमा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयले नजिकिँदै गरेको एसइईलाई मध्यनजर गर्दै विद्यार्थीलाई विद्यालयमा नै आवासको व्यवस्थापन गरेर पठनपाठन सुरु गरेको हो ।

    स्थानीय, प्रदेश र केन्द्र सरकारले वास्ता नगर्दा पनि विद्यालयले सुधारका लागि विद्यालयले आफ्नै व्यवस्थापनमा आवास सुविधा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल तिमल्सिनाले बताउनुभयो । विद्यार्थीलाई आवास सुविधा प्रदान गर्ने गाउँपालिकाकै पहिलो विद्यालय भएको अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

    शैक्षिक सुधारका लागि विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष र वडा अध्यक्ष नारायण खड्काले चासो दिएर सक्रियतापूर्वक सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार खड्काले बताउनुभयो । पछिल्लो समय उहाँहरूले आलोपालो गरी दैनिक विद्यालयमा आएर विद्यालयको समस्याबारे जानकारी लिनेगरेको उहाँको भनाइ छ ।

    एसइई दिने विद्यार्थीलाई आवासीय  व्यवस्था गरेपछि विद्यार्थीलाई पढाउन विषय शिक्षकको व्यवस्था गरिएको खड्काको भनाइ छ । विद्यालयमा बिहान बेलुका पढाउन र हेरचाह गर्न शिक्षकहरूको व्यवस्था गरिएको उहाँले बताउनुभयो । आउँदैगरेको एसइई परीक्षामा सामेल हुने ३७ जना विद्यार्थीलाई आवासको व्यवस्था गरिएको छ ।

    विद्यालयमा शिक्षक, विद्यार्थीका गतिविधिसँगै आवास र खानाको पनि अनुगमन प्रधानाध्यापक र व्यवस्थापन समितिले गर्ने विद्यालयले जनाएको छ । बिहान बेलुका पढाई हुने ट्युसन र कोचिङ कक्षाले सिकाइ बढ्ने वडा अध्यक्ष नारायण खड्काले बताउनुभयो । अध्यक्ष खड्काले भन्नुभयो  ‘दिउसो समयमा विद्यालय नआउने विद्यार्थी पनि नियमित बनाएका छौँ । हामी गत वर्षदेखि नै दिउँसो विद्यालयको पढाइलाई सुधार गर्न विभिन्न शैक्षिक कार्यक्रम गर्थ्यौ, तर यसपालि नतिजा सुधारका लागि बिहान र बेलुका पनि नियमित कक्षाको व्यवस्था गरेका छौँ ।’

    एसइई दिने विद्यार्थीका लागि विद्यालयले अहिले बिहान दुई र बेलुका थप कक्षा समेत सञ्चालन गरेको छ । ‘अलि कमजोर विद्यार्थीका लागि अरू थप कक्षा पनि चलाएका छौँ। उनीहरूको सिकाइ बढाएर गतिलो नतिजा ल्याउने प्रयास भइरहेको छ’ प्रधानाध्यापक खड्काले भन्नुभयो  ‘पछिल्लो समय विद्यालय व्यवस्थापन समितिले पनि पर्याप्त चासो दिएर पढाइ सुधारमा सहयोग गर्नुभएको छ। यो  विद्यालयलाई साँच्चीकै नमुना विद्यालय बनाउन समितिको महत्त्वपूर्ण भूमिका रहेको छ।’साभार गोरखापत्र अनलाइन

    Post Views: 215
    प्रकाशित मिति: २०८० माघ १२, शुक्रबार २१:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.