• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यू-१९ विश्वकप : अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १२, शुक्रबार २०:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, माघ १२ गते / नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। अफगानिस्तानलाई पराजित गर्दै नेपाल दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो। १४६ रनको लक्ष्य पछ्याएको नेपालले ३२ बल बाँकी हुँदा १४९ रन बनाउँदै ४४.४ ओभरमा अफगानस्थानमाथि १ विकेटको जित निकालेको हो ।  

    नेपालको जितका लागि कप्तान देव खनालले अर्धशतक महत्त्वपूर्ण बन्यो।  अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा सात चौकासहित अर्धशतक बनाउनुभएको हो। ८९ बलको सामना गर्दै कप्तान खनालले ५८ रन जोड्नुभयो।

    नेपालका लागि दिपक बोहोराले ४२ बलमा २७ रन जोड्नुभयो। सुवास भण्डारीले २९ बलमा नटआउट ९ रन जोड्दै नेपाललाई जित दिलाउनुभयो ।  नेपालका लागि आकाश त्रिपाठी १६ र अर्जुन कुमालले १० रन जोड्नुभयो। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। दिपक डुम्रे ५, दीपेश कँडेल ४, विपिन रावलले २ रन बनाउनुभयो । गुलसन झा र आकाश चन्द एकएक रनमै आउट हुनुभयो।

    शुक्रबार दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो। समूह ‘डी’मा रहेको नेपाल यसअघि लगातार दुई खेलमा पराजित भएको थियो। अन्तिम खेलमा अफगानिस्तानलाई स्तब्ध पार्दै सुपर सिक्सको यात्रा तय गर्न सफल भएको हो। 

    शुक्रबारको खेलमा अफगानिस्तानलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिनुभयो। दीपेश कँडेलले दुई विकेट लिनुभयो भने गुलसन झा, तिलक भण्डारी र सुवास भण्डारीले एक–एक विकेट लिनुभएको छ। समूह ‘डी’बाट नेपालसहित न्युजिल्याण्ड र पाकिस्तान सुपर सिक्समा प्रवेश गरेका छन्। 

    यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो।

    Post Views: 264
    प्रकाशित मिति: २०८० माघ १२, शुक्रबार २०:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.