• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भिजिट भिसामा विदेश जाने तर स्वदेश नफर्किने

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ११, बिहीबार ०२:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली नागरिकहरूका लागि विदेश यात्रामा सरकाले भिजिट तथा पर्यटक भिसामा थप कडाइ गरेको छ।

    वैदेशिक रोजगारीको खोजतलासमा भिजिट भिसामा विदेश जाने र अवैध रुपमा उतै बसेर काम गर्नेको संख्या बढेपछि सरकारले कडाइ गरेको हो।

    अध्यागमन विभागले बुधबार अर्थात (माघ १०) गतेदेखि लागु हुने गरी भिजिट तथा पर्यटक भिसा प्राप्त गर्न आवश्यक पर्ने कागजातहरुमा नयाँ व्यवस्था गरेको छ।

    भिजिट भिसामा विदेश जानका लागि आवश्यक पर्ने कागजातबारे विभागले ११ बुँदे यात्रा परामर्शपत्र जारी गर्दै जानकारी गराएको हो। वैदेशिक रोजगारीको उदेश्य लिएर भिजिट भिसामा गएकाहरू नेपाली युवाहरू दिनप्रतिदिन ठगिको सिकार भएका छन्।

    भिजिट भिसाको बाहाना गरेर रोजगारीको खोजमा नक्कली कागजात बनाएर विदेश जाने क्रम बढेपछि अध्यागमनले यसलाई थप कडाइ गरेको हो।

    अध्यागमनले भिजिट भिसामा जानेहरुको लागि नयाँ व्यवस्था सुरु गरेको छ। विदेश भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण हुनुपर्ने छ। होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेश गर्नुपर्ने विभागले जनाएको छ।

    त्यस्तै, कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण चाहिने व्यवस्था गरिएको छ।

    भिजिट भिसामा विभिन्न देश जादै गरेका नेपालीले अब दुई तर्फी हवाई टिकट बुझाउनेपर्नेछ भने सम्बन्धित देशको भिसा वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिनेछ।

    अध्यागमनले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने जनाएको छ।

    युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने विभागले जनाएको छ।

    भिजिट भिसामा नक्कली कागजात, झुट्टा विवरण समेत तयार पारी द्वन्द्धग्रस्त मुलुकहरूसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै अध्यागमन विभागले सचेत रहन सुचित गरेको हो।

    त्यसैगरी, भिजिट भिसामा विदेश जानुअघि उक्त देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न विभागले आग्रह गरेको छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसालका अनुसार भिजिट भिसा काम खोज्नलाई हैन घुम्नलाई हो भन्ने जानकारी सबैलाई थाहा छ। तर, वैदेशिक रोजगारीको खोजिमा ‘भिजिट भिसामा’ धेरै नेपालीहरू जनो गरेका छन्।

    अब अध्यागमनले भिजिट भिसामा विदेश जान नयाँ नियम सुरु गरेको छ। नक्कली कागजात बनाएर भिजिट भिसामा जाने प्रकृया अब गाह्रो हुने उनले बताए।

    भिजिट भिसामा खाडी तथा अन्य केही मुलुकमा गएकाहरू अलपत्र परेका, मानवतस्करीको जालोमा फस्ने धेरै रहेको वैदेशिक रोजगार विज्ञ गणेश गुरुङले बताए।

    दलालले मोटो रकम लिएर काममा लगाइदिने सर्तमा भिजिट भिसामा लगिएकाहरू गन्तव्य मुलुकमा लामो समयसम्म रोजगारी नपाएपछि र लगेको पैसा पनि सकिएपछि नेपालीहरू अलपत्रमा पर्ने गरेको उनले बताए।

    ‘पर्यटक हो भने पर्यटककै प्रक्रियाबाट अनि श्रमिक हो भने श्रमिककै प्रक्रियाबाट विदेश जानुपर्छ।,’ उनले भने, ‘विचौलिया र कर्मचारीको सेटिङ भत्काउन नखोज्ने, मिलेमतोमा सहमती भई सामुहिक घुस खाने कर्मचारीलाई ठेगान नलगाउने तर दोष भने सर्वसाधारण जनता र भिजिट भिसालाई दिने ? यो सरकारी पारा अजिबको छ, तर नौलो होइन।’

    भिजिट भिसालाई प्रयोग गरेर मानवतस्करी तथा बेचबिखन अत्याधिक हुने गरेको विज्ञ गुरुङले जानकार गराए। अध्यागमनले ल्याएको नयाँ व्यवस्था लागु भएता पनि भिजिट भिसाको सदुपयोग हुन गाह्रो रहको उनले बताए।

    ‘यसबाट अब झनै म्यानपावर, बैंक, फाइनान्स र विचौलिया लगायत सेटिङमा थप फाइदै पुग्छ,’ उनले भने, ‘वार्षिक आय र बैंक व्यालेन्सको कागजपत्र बनाउन विचौलियाले भ्रमणमा जानेहरूलाई मोटो रकम तिराउनेछन्। आखिर यस्ता खालका कागजपत्र विचौलियाले अहिले पनि बैंकसँगको मिलेमतोमा अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत तथा अन्य मुलुकमा विद्यार्थी भिसाका लागि बनाउँदै आएकै छन्।’

    यस्तो सिफारिस कार्यान्वयन भएमा अझ कतिले भारतको बाटो प्रयोग गर्नेछन्, जुन झन् असुरक्षित र खर्चिलो हुने विज्ञ गुरुङले बताए।

    नागरिक न्युज/ सबिता खड्का

    Post Views: 227
    प्रकाशित मिति: २०८० माघ ११, बिहीबार ०२:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.