• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यु–१९ विश्वकप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ११, बिहीबार ०२:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, माघ ११ गते / नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ ।

    इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा जितका लागि एक सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरका पाँच विकेटको क्षतिमा २०५ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । 

    पाकिस्तानका लागि अजन अविसले सर्वाधिक अविजित ६३ रन बनाउनुभयो । साम्यल हुसेन र शाहजिब खानले समान ३७/३७ रन बनाउनुभयो । यस्तै अहमद हसनले २९ र हारोन अर्सदले १५ रन बनाउनुभयो । बलिङमा नेपालका आकाश चन्दले तीन तथा दीपेश कँडेल र आकाश त्रिपाठीले एक एक विकेट झार्नुभयो ।

    यसअघ टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो । नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाउनुभयो । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २०, गुलशन झाले १८, आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन बनाउनुभयो  । 

    बलिङमा पाकिस्तानका अराफात मिनहासले तीन विकेट लिनुभयो । अहमेद हुसेन र उवइद शाहले दुई दुई तथा खुबैब खालिल, अलि अस्फन्ड र मोहमद जीसान एक एक विकेट लिनुभयो । 

    नेपाल समूहको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो जित हो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । 

    विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । समूहमा दुई जित निकालेको न्युजिल्यान्ड र पाकिस्तानको समान चार चार अङ्क पुगेको छ ।

    लगातार दुई खेल हारेको नेपाल र अफगानिस्तान अङ्कविहीन छ । नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेल जनवरी २६ तारिख अफगानिस्तानसँग खेल्नेछ । विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

    समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह  ‘बी’ मा इङ्गल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । हरेक समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । 

    Post Views: 222
    प्रकाशित मिति: २०८० माघ ११, बिहीबार ०२:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.