• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पहिचान पक्षधरलाई घरमै बोलाएर शेखर कोइरालाले भने- म पनि तपाईंहरुसँगै छु

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ८, सोमबार २०:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विराटनगर, माघ ८ गते / नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पहिचान पक्षधरसँग छलफल गरेका छन् ।

    प्रदेशको नाम कोशी राखेकोमा असन्तुष्ट भएर आन्दोलन गरिरहेका पहिचान पक्षधरलाई विराटनगरस्थित कोइराला निवासमा बोलाएर उनले छलफल गरेका हुन् ।

    उनले पहिचानवादीको मागका विषयमा आफू सकारात्मक रहेको भन्दै माग पूरा गर्न समन्वयन गर्ने पनि बताए ।

    ‘म तपाईँहरुसँग छु, तपाईँहरुले उठाएको मागमा पोजेटिभ छु, मैले बोली पनि राखेको छु,’ पहिचानवादी नेतासँग डाक्टर कोइरालाले भने, ‘संविधान बनाउँदादेखि नै बोलिरहेको छु ।’

    नामको विषयमा चलिरहेको आन्दोलन संवेदनशील रहेको बताउँदै उनले अन्य प्रदेशमा पनि असर पर्न सक्ने भएका कारण नेताहरुमा चिन्ता रहेको बताए । ‘अरु प्रदेशमा पनि यसको(आन्दोलनको) झिल्को जान सक्छ,’ उनले भने,‘ फेरि द्वन्द्व बढ्न सक्छ भन्ने चिन्ता पनि नेताहरुमा छ ।’

    नामसँगसँगै पहिचानका अन्य मुद्दालाई पनि अघि बढाउन पहिचानवादी नेतालाई उनले आग्रह गरे । ‘खाली नामले मात्रै भोलिका दिनमा चित्त बुझ्ने होइन, यो समष्टीगतमा कसरी अगाडि बढाउनुहुन्छ त्यो महत्वपूर्ण हो,’ उनले भने, ‘अहिले नाममा मात्रै अडकिनु भएको छ, पहिचानका अरु मुद्दा थुप्रैछन्, तीनलाई पनि सँगसँगै लैजानसक्यो भने एउटा सन्देश दिन्छ ।’ नामसँगै भाषा र संस्कृतिकलाई पनि अघि बढाउन उनले आग्रह गरे ।

    नेपाली कांग्रेस र सत्तापक्षले चाहेर मात्रै समस्या सामधान नहुने बताउँदै कोइरालाले एमालेसँग पनि सहकार्य गर्नुपर्ने बताए । ‘अहिले वार्ता समिति बनेको छ, समितिले वार्ता गर्छ नै मुख्यमन्त्रीसँग पनि वार्ता गर्नुहोस्, उहाँ पनि पोजेटिभ हुनुहुन्छ ।’

    शनिबार मुख्यमन्त्री केदार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि समिति गठन गरेको थिए । पहिचानवादी नेता अर्जुन जम्नेली राईले कांग्रेस नेतासँगको छलफल सकारात्मक भएको बताए । छलफलका क्रममा डाक्टर कोइरालाले पहिचानको मुद्दा सम्बोधन गर्नका लागि समन्वयन गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।

    नोटमा लिपी लेख्नुपर्छ

    डाक्टर कोइरालाले नेपाली नोटमा नेपालका लिपी लेख्नुपर्ने बताए ।

    ‘सय रुपैयाँ, हजार रुपैयाँको नोटमा खाली नेपाली र अंग्रेजी मात्रै लेखेको छ,’ उनले भने, ‘जुन जुन लिपी छ हाम्रो, नोटमा हामीले किन नलेख्ने ?’

    भारतीय र अन्य देशका नोटमा लिपी लेखिएको बताउँदै उनले नेपाली नोटमा पनि नेपाली लिपी लेख्नुपर्ने बताए ।

    अनलाइनखबर

    Post Views: 202
    प्रकाशित मिति: २०८० माघ ८, सोमबार २०:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.