• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया निकुञ्जमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ८, सोमबार १९:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालगन्ज, माघ ८ गते / बाघ अवलोकनका लागि नेपालकै प्रमुख मानिने बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा ह्वात्तै वृद्धि भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा नेपाली र विदेशीसहित १४ हजार ६५८ जनाले निकुञ्ज अवलोकन गरेका छन् । 

    यही अवधिमा गत वर्ष नौ हजार ६९३ जनाले मात्र निकुञ्ज अवलोकन गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष पाँच हजार भन्दा बढी पर्यटक आएकोले बर्दियाका पर्यटन व्यवसायी उत्साहित भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा. अशोक कुमार रामले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आन्तरिक पर्यटक ११ हजार ३९, सार्क देशका ७६०, तेस्रो देशका दुई हजार ८५९ जना पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । 

    यही ६ महिनाको अवधिमा गत आर्थिक वर्षमा ६ हजार ५४१ आन्तरिक, ५०१ सार्क देशका र तेस्रो देशका दुई हजार ६५१ गरेर जम्मा ९ हजार ६९३ जना पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यसपटक सार्क र तेस्रो देशका पर्यटकको सङ्ख्यामा थोरै वृद्धि भएपनि आन्तरिक पर्यटकको संख्यामा भने करिब दोब्बरले वृद्धि भएको निकुञ्जले जनाएको छ । 

    बर्दिया राष्ट्रिय निकुञ्ज बाघ अवलोकन र संरक्षणका लागि प्रख्यात छ । पूर्णतया तराई क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य नै बाघको संरक्षण भएपनि हात्ती, गैँडा, बाह्रसिंगा, घडियाल गोही, डल्फिन जस्ता लोपोन्मुख वन्यजन्तुहरू यहाँ संरक्षित रहेको निकुञ्जका प्रमुख रामले बताउनुभयो । उहाँले बाघ लगायत बर्दिया निकुञ्जमा तिनै लोपोन्मुख वन्यजन्तु हेर्न धेरै टाढा टाढाबाट आन्तरिक र विदेशी पर्यटक पुग्ने गरेको बताउनुभयो । 

    बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको ठाकुरद्धाराका पर्यटन व्यवसायी होटल सञ्चालक मोहन चौधरीले पर्यटकको संख्या बढ्दै गएकोले उत्साहित बनाएको बताउनुभयो । उहाँका अनुसार विशेषगरी धेरै पर्यटकहरू बर्दियामा बाघ हेर्न नै आउने गरेको र बाघ देखेरै फर्किने गरेकोले बाघ हेर्न कहिलेकाँही केही समय लाग्ने हुँदा होटल व्यवसायीलाई लाभ हुने गरेको बताउनुभयो । 

    पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बर्दिया निकुञ्जमा आने पर्यटक संख्या बढ्नु र बाँके निकुञ्जमा पर्यटकका लागि विभिन्न व्यवस्था गरिनुले बाँके बर्दियाको आर्थिक विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो । उहाँले भारतका ठुला ठुला सहरहरुसंग विभिन्न यातायात मार्फत बाँकेको सिधा सम्पर्क हुन थालेकोले भारतीय पर्यटक तान्ने राम्रो अवसर रहेको हुँदा सो अभियानमा सबै लाग्नु पर्ने बताउनुभयो । 

    पश्चिम नेपालको बाँके र बर्दिया जिल्ला पर्यटनका हिसाबले महत्वपूर्ण जिल्ला मानिन्छन् । बाँकेलाई पर्यटक आगमनको मुख्य ट्रान्जिट बनाएर बर्दिया लगायत कर्णालीको रारा, प्युठानको स्वर्गद्धारीसम्म पर्यटक पठाउन सकिए यहाँको होटल व्यवसाय र यातायात व्यवसाय फस्टाउने निश्चित छ ।

    गोरखापत्र अनलाइन/ सिराज खान

    Post Views: 246
    प्रकाशित मिति: २०८० माघ ८, सोमबार १९:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.