• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बारबर्दियाको १४ औं नगरसभाबाट थारु भाषालाई पाठ्यक्रममा समावेश र आर.सी. मेमोरियल अस्पताललाई बारबर्दिया नगर अस्पताल नामाकरण पारित

  •  दीपकलाल श्रेष्ठ
  • २०८० माघ ८, सोमबार १६:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ ८ गते ( माउण्टेनसमाचार) / बारबर्दिया नगरपालिकाले नगरको १४ औं नगरसभाबाट आज बारबर्दिया नगरपालिकामा थारु भाषालाई पाठ्यक्रममा समावेश र आर.सी. मेमोरियल अस्पताललाई बारबर्दिया नगर अस्पताल नामाकरण गर्ने निर्णय गरेको छ ।

    आज बारबर्दिया नगरपालिकाको जयनगरको पालिका भवनमा भएको १४ औं नगरसभाबाट आज नगरपालिका भित्रका हरेक सामुदायिक विद्यालय र निजी विद्यालयमा स्थानीय थारु भाषाको पाठ्यक्रमको सुरुवात गर्ने गरि निर्णय गरिएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल चौधरीले बताए।

    आजको नगरसभामा विद्यालयमा थारु भाषालाई पाठ्यक्रममा समावेश गर्ने गरि आएको प्रस्ताव सभाहलबाट हुबहु पारित भएको नगरप्रमुख चौधरीले बताए। नया कक्षा सञ्चालन संगै कक्षा १ देखि थारु भाषा अनिवार्य रुपमा विद्यालयमा पठनपाठन हुने चौधरीले भने ।

    बर्दिया जिल्लामा ५३ प्रतिशत थारु बाहुल्य रहेको जिल्ला हो भने बारबर्दिया नगरपालिका भित्र थारु बाहुल्य करिब ७४ प्रतिशत रहेको छ।

    यसै गरि बारबर्दिया नगरपालिका को जयनगरमा रहेको आर.सि. मेमोरियल अस्पतालको नाम परिवर्तन गरि बारबर्दिया नगर अस्पताल नामकरण गर्ने प्रस्ताव आएको र सो प्रस्ताव पनि सबैको समर्थनमा पारित हुदै अब आर.सि. मेमोरियल अस्पतालको नाम परिवर्तन भई बारबर्दिया नगर अस्पताल रहने समेत नगरप्रमुख चौधरीले भने।

    Post Views: 571
    प्रकाशित मिति: २०८० माघ ८, सोमबार १६:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.