• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

महिला उपभोक्ताहरूको इमान्दारीता, बचेको पैसा वडालाई नै फिर्ता

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ८, सोमबार १५:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दोलखा, माघ ८ गते / सरकारी कामका लागी बन्ने उपभोक्ता समिति भन्ने बित्तिकै गाउँ घरमा टाठा बाठाको रजाइँ, त्यसको कामबाट निस्किने नाफा र कमिसन सँग जोड्ने मानसिकता नै बनिसकेको छ। समितिमा बस्न हानथाप र बस्नेहरू बिच लेनदेनको लडाई र झगडाले गाउँमा थुप्रै विवाद हुने गर्छन्।

    तर दोलखाको दोलखाको भीमेश्वर नगरपालिका वडा नं ४ का महिलाहरूले एउटा योजनामा प्राविधिक आंकलन भन्दा बढी काम गरेर आएको नाफा सरकारलाई नै फर्काइदिएर उदाहरणीय काम गरेका छन्।

    ४ नं वडाको भटमासे –जिलु सडकको घोगेडीबाट फसिभुई टोल आउजाउ गर्ने पक्की गोरेटो बाटो बनाउन महिलाहरू मात्र बसेर गठन भएको उपभोक्ता समितिले काम सम्पन्न गरेर बचेको रकम वडा कार्यालयलाई नै फर्काइदिएका छन्।

    वडा कार्यालयले गत असारमा घोगेडीबाट फसिभुई आउजाउ गर्नका लागी पक्की गोरेटो बाटो बनाउन ५ लाख रुपैंया बजेट विनियोजन गरिदिएको थियो। वडा अध्यक्ष तारानाथ चौलागाईका अनुसार वडाको तल्लो भेगमा पर्ने यो टोल आवतजावत गर्न सडकको लामो दुरी प्रयोग गर्नुपर्ने, किसानलाई टोल वरपरको खेतमा ट्याक्टर लैजान समस्या र बर्षातमा हिलोका कारण सास्ती व्यहोरेका स्थानीयले पक्की गोरेटो बाटो बनाउन वडा कार्यालय सँग बजेट माग गरेका थिए। ‘हामीले वडा कार्यालयबाट ५ लाख रुपैंया बजेट विनियोजन गर्यौं’ चौलागाईले भने, ‘त्यस पछि यो योजना सम्पन्न गर्न महिलाहरू जागरूक भएर हामी बनाउँछौँ भनेर आउनुभयो, हामीले महिलाहरू मात्र रहेको उपभोक्ता समिति गठन गर्यौं।’

    उपभोक्ता समितिले ४ फिट चौडाइको १ सय ६८ मिटर ढलान सम्पन्न गरेको चौलागाईले बताए। उपभोक्ता समितिका अध्यक्ष सावित्री बस्नेतले जनश्रमदान र समितिको सक्रियतामा काम सम्पन्न गरेर वडालाई हस्तान्तरण गरेको सुनाइन्। ‘५ लाख रुपैंया बजेट छुट्ट्याइदिनुभएको थियो, काम सम्पन्न भएपछि कर लगायत कटाएर ४ लाख ९२ हजार रुपैंया भुक्तानी आयो’ उनले भनिन ‘हामीले ईष्टमेट भन्दा बढी काम गर्दा समेत ४ लाख ८६ हजार ९ सय ५० रुपैंया मात्र खर्च भएको थियो।’ उनले बचेको ५ हजार ५० रुपैंया रकम वडा अध्यक्ष तारानाथ चौलागाई मार्फत वडा कार्यालयलाई फर्काइदिएको सुनाइन्। शनिबार गाउँबासीलाई भेला गरेर योजनाको सार्वजनिक सुनुवाइ गरी बचेको रकम चौलागाईलाई हस्तान्तरण गरिएको उपभोक्ता समितिका सचिव देवकी बस्नेतले सुनाइन्।

    महिलाहरू मात्रै उपभोक्ता समितिमा बसेर गरेको नमुना कामको नगरका उपप्रमुख कमला बस्नेत लगायतले केही दिन अघि अनुगमन गरेका थिए। वडा कार्यालयका प्राविधिक गौरव बस्नेतले गोरेटो बाटो बनाउन उपभोक्ता समितिले मूल्याङ्कन भन्दा बढी काम गरेको सुनाए।

    नागरिक न्युज

    Post Views: 218
    प्रकाशित मिति: २०८० माघ ८, सोमबार १५:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.