• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सिटौला र भुसालमा को बन्ला राष्ट्रियसभा अध्यक्ष ?

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ८, सोमबार १५:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । कांग्रेसका वरिष्ठ नेता कृष्ण सिटौला गठबन्धनको उम्मेदवारका रुपमा कोशीबाट प्रतिस्पर्धामा छन् । राष्ट्रियसभाको अध्यक्ष बनाउने योजनासहित कांग्रेसले उम्मेदवार बनाएको हो । गठबन्धनको मतभार हेर्दा सिटौला निर्वाचित हुने निश्चित जस्तै छ ।

    तर, राष्ट्रियसभाको अध्यक्ष बनाउने तयारी भने अहिलेसम्म निश्चित भइसकेको छैन । किनकि, एकीकृत समाजवादीले पनि राष्ट्रियसभा अध्यक्ष दाबी गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सिटौलालाई व्यवस्थापन गर्न राष्ट्रियसभाको अध्यक्ष बनाउन चाहेका हुन् । तर, संवैधानिक परिषद्को शक्ति सन्तुलन लगायत विषय उठाएर एकीकृत समाजवादीले अध्यक्ष दाबी गरेको हो ।

    अहिले संवैधानिक परिषदमा एकीकृत समाजवादीको प्रतिनिधित्व छैन । ६ सदस्यीय परिषदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना (कार्यकाल सकिएको), प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर सदस्य छन् ।

    हाल राष्ट्रियसभाको अध्यक्ष रहेका तिम्सिना पदावधि सकिएर बिदा हुँदै छन् । राष्ट्रियसभाका अध्यक्ष तिम्सिना पदमा रहँदासम्म संवैधानिक परिषदमा एमालेका ३, माओवादी र रास्वपाको १–१ सदस्य छन् । यसकारण एकीकृत समाजवादीले संवैधानिक परिषदमा भाग खोजेको हो । एकीकृत समाजवादीले सार्वजनिक रुपमा यस विषयमा बोलेको छैन । तर, गठबन्धन दलभित्र आन्तरिक रुपमा एकीकृत समाजवादीले राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने माग गर्दै आएको छ ।

    एकीकृत समाजवादीका एक नेताले भने, ‘यस विषयमा औपचारिक रुपमा गठबन्धन बैठकमा दाबी गरिहाल्ने समय भएको छैन । तर, संवैधानिक परिषद्को अध्यक्षमा हाम्रो पनि दाबी छ । समय आएपछि गठबन्धनमा दाबी गर्छौ ।’ एकीकृत समाजवादीले राष्ट्रियसभाको अध्यक्ष पाएको खण्डमा बेदुराम भुसाललाई अघि सार्ने देखिएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष भुसाल अहिले कृषिमन्त्री छन् ।

    राष्ट्रियसभाका सदस्यसमेत रहेका उनलाई मन्त्रीबाट फिर्ता बोलाएर राष्ट्रियसभाको अध्यक्ष बनाउने एकीकृत समाजवादीको आन्तरिक तयारी रहेको बुझिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन दलबिच भागबन्डा गर्दा एकीकृत समाजवादीले तीन सिट दाबी गरेको थियो । तर, दुई सिट मात्र पाएकाले रुष्ट छ । दलिय भागबन्डामा भने जति सिट नपाएर रुष्ट भएको एकीकृत समाजवादीलाई मनाउनुपर्ने बाध्यतामा छ, गठबन्धन । यस्तो अवस्थामा राष्ट्रियसभाको अध्यक्ष वा थप एक मन्त्री दिएर एकीकृत समाजवादीलाई मनाउनुपर्ने गठबन्धनको बाध्यता बनेको छ ।

    सत्यपाटी

    Post Views: 204
    प्रकाशित मिति: २०८० माघ ८, सोमबार १५:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.