• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हिउँदे बर्षा नहुँदा कृषि उत्पादनमा खतरा, जैविक विविधतामै प्रभाव

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ८, सोमबार १४:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालमा यस वर्ष हिउँदे पानी पर्न सकेको छैन । पछिल्लो समय जलवायु परिवर्तन, ग्लोबल वार्मिङ लगायतका कारणले कहिले धेरै पानी पर्ने, कहिले पर्दै नपर्ने जस्ता समस्या देखिएको विज्ञहरू बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी गरी तीन महिना ‘विन्टर मनसुन’ हो । तर यो वर्ष ‘विन्टर मनसुन’मा पनि झरी पर्न नसकेको महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार आर्याल बताउँछन् ।

    ‘अहिलेसम्म औसत वर्षा ३० मिलिमिटर हुनुपर्ने हो,’ अर्यालले भने, ‘तर यो वर्ष हिउँदमा हालसम्म पानी नै परेको छैन, कृषि प्रधान मुलुक भएकाले जमिन भिज्ने गरी पानी नपरेसम्म नेपालमा पानी परेको भनेर बुझिँदैन, त्यो हिसाबले पानी परेको छैन ।’ उनले अझै करिब १ महिना विन्टर मनसुन बाँकी भएकाले पानी पर्ने सम्भावना हुनसक्ने बताए ।

    ‘पछिल्लो समय पानी नपर्ने, परे पनि धेरै पर्ने ट्रेन्ड देखिएको छ,’ अर्यालले भने, ‘हिउँद सिजन पनि केही धकेलिएको छ, अहिलेसम्म पानी नपरे पनि आगामी दिनमा एकै दिन ३०–४० मिलिमिटर वर्षा भएर हिउँदको कोटा पूरा हुन सक्छ ।’ विन्टर मनसुनको बाँकी रहेको एक महिनामा पनि पानी नपरेमा अनुसन्धानको विषय हुने मौसमविद् अर्यालले बताए ।

    पछिल्लो समय वातावरणीय असरका कारण बढी पानी पर्ने वा पानी नै नपर्ने समस्या केही वर्ष यता देखिएको वातावरणविद् भूषण तुलाधरले बताए । पानी नपर्दा खानेपानी र कृषिलाई चाहिने मात्रामा पानी उपलब्ध हुन नसक्ने उनको भनाइ छ । ‘नेपालको कृषि आकाशे पानीमै निर्भर छ, पानी नपर्दा कृषि उत्पादनमा प्रत्यक्ष असर पर्छ नै,’ उनले भने, ‘वन जङ्गलमा डढेलो लाग्ने सम्भावना पनि बढी हुन्छ ।’

    कृषिविज्ञ डा. कृष्ण पौडेलका अनुसार नेपाली भूगोल अनुसार २० देखि २१ दिनमा पानी पर्नुपर्ने हो तर त्यसरी पानी परेको छैन । ‘गएको २० वर्ष यता पानी घट्दै–घट्दै गएको छ,’ उनले भने, ‘कहिलेकाहीँ वर्षमा एक–दुई पटक खडेरी हुने कुरा अर्को चक्रको कुरा हो, तर नियमित रूपमा कम हुँदै जानु खतराको कुरा हो ।’

    पानी नपरे कस्तो असर पर्छ ?

    हिउँदमा पानी नपरेमा कृषिमा मात्रै नभई सम्पूर्ण वातावरणीय शृङ्खलामा असर पर्ने विज्ञहरूले बताएका छन् । समयमा पानी नपरेमा जमिनमा पानीको सतह घट्ने, वन जङ्गलमा डढेलो लाग्ने सम्भावना बढ्ने, वन्यजन्तु अन्यत्र सर्ने लगायत नेपालको जैविक विविधतामै प्रभाव पर्ने कृषिविज्ञ पौडेलले उल्लेख गरे ।

    ‘हिउँदपछि वसन्त सुरु हुन्छ, हिउँदमा पानी पर्छ, तबमात्र जीवनको प्रक्रिया सुरु हुन्छ । बिउ उम्रने, फूल खेल्ने, कोपिला लाग्ने, घाँस उम्रने प्रक्रिया हुन्छ,’ उनले भने, ‘हिउँदभरि पानी परे पालुवा आउने गर्छ तर हालसम्म पानी परेको छैन, घाँस सुकेको छ, पानी नपर्दा पानीको सतह पनि घट्छ । जनावर अन्त जान्छन्, प्रकृतिमा आउने जैविक विविधतामा समग्रमा असर पर्छ ।’

    हिउँदे वर्षा नहुँदा आकाशे पानीको भरमा हुने नेपालको खेतीमा प्रत्यक्ष असर पर्ने वातावरणविद् तुलाधरले बताए । ‘हाम्रो जनजीवन आकाशे पानीमै निर्भर छ,’ उनले भने, ‘पानीको मुहान, खाने पानी, कृषि आकाशे पानीमा निर्भर छ, पानी परेन भने हाम्रो जीवनमै असर पर्छ ।’ हिउँदमा पानी नपरेमा पानीको मुहान सुक्ने, वनजङ्गल जल्ने, उत्पादन नहुने, वन्यजन्तु अरू ठाउँमा सर्ने लगायत समस्या देखिएर प्राकृतिक शृङ्खला खलबलिने उनीहरूले बताएका छन् ।

    कस्तो तयारी गर्ने ?

    हिउँदमा पानी नपरेका कारण सकेसम्म पानीको खपत गर्नुपर्ने विज्ञहरू बताउँछन् । वातावरणविद् तुलाधरले कृषि तथा औद्योगिक क्षेत्रमा धेरै असर नपर्ने गरी पानीको खपत कम गर्न सुझाएका छन् । ‘हामीले पानीको जोहो गर्नुपर्छ,’ उनले भने, ‘जसका लागि पानीको पुनः प्रयोग गर्ने, पानी कम खपत गर्ने, कृषिमा थोपा सिँचाइ प्रविधि प्रयोग गर्ने जस्ता उपाय अपनाउनु पर्छ ।’

    हिउँदमा पानी नपर्दा वनजङ्गलमा डढेलो बढी लाग्ने सम्भावना हुने भएकाले वन जङ्गल व्यवस्थापनमा ध्यान दिनसमेत तुलाधरले सुझाए । कृषिविज्ञ पौडेलले कृषि प्रणालीलाई सघन वा मिश्रित बनाउन सुझाए । ‘खेती प्रणालीलाई सघन बनाउनुपर्छ, एकीकृत वा मिश्रित बनाउनु पर्छ,’ उनले भने, ‘यसो गर्दा किसानले एउटा बाली केही गरी बिग्रिए पनि अर्को बालीबाट घर चलाउन सक्छ ।’

    कृषि खेतीमा सघन बाली, मिश्रित बालीमा प्राङ्गारिक मल प्रयोग हुने र यस्तो खालको खेती प्रणालीमा लामो समयसम्म चिस्यान हुने भएकाले यस प्रकारको खेती गर्न कृषिविज्ञ पौडेलले सुझाए । ‘प्राङ्गारिक वा झोल मल प्रयोग गर्दा खेतमा केही समयसम्म चिस्यान कायमै रहन्छ,’ उनले भने, ‘यस प्रकारको खेती गर्दा स्थानीयस्तरमै आधारित प्राकृतिक खेती गर्नमा जोड दिनुपर्छ ।’

    सत्यपाटी

    Post Views: 226
    प्रकाशित मिति: २०८० माघ ८, सोमबार १४:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.