• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्न चुके अर्जुन

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ७, आईतवार २१:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,माघ ७ /नेपालका युवा ब्याटर अर्जुन कुमाल आईसीसी यू–१९ विश्वकप २०२४ मा न्युजिल्यान्डविरुद्ध शतक बनाउनबाट चुकेका छन् । तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३७ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा ९० रनमा क्याच आउट भएपछि शतक बनाउनबाट चुकेका हुन् । बाउन्सर बल थर्डम्यानको माथि सट खेल्ने क्रममा अर्जुन क्याच हुन पुगे । अर्जुनले १०४ बलमा १२ चौकासहित ९० रन बनाए । हालसम्म विश्वकपमा नेपालले शतक बनाउन सकेको छैन । यू-१९ विश्वकपमा एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान प्रदीप ऐरीको नाममा छ । प्रदीप ऐरीले २०१२ को यू-१९ विश्कवकपमा नामिबियाविरुद्ध ९८ रन बनाएका थिए ।

    अर्जुनले आफ्नो यू-१९ अन्तर्राष्ट्रिय करिअरमा दुई शतक बनाइसकेका छन् । अर्जुनले गत अक्टोबरमा मलेसियामा सम्पन्न एसिसी यू–१९ प्रिमियर कपमा साउदी अरेवियाविरुद्ध १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रनको सानदार शतकीय इनिङ्स खेलेका थिए । त्यो कुनै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा प्रहार गरेको उच्च रन हो । अर्जुनले वर्ष गत फागुनमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रनको शानदार शतकीय इनिङ खेलेका थिए ।

    आइतबार न्युजिल्यान्डविरुद्ध अर्जुनले ब्यक्तिगत १४, ८६ रन र ८८ रनमा दुई ठूला जीवनदान पाएका थिए । आठौं ओभरको चौथो बलमा फाइन लेगमा न्युजिल्यान्डका खेलाडीले क्याच छाड्न पुगेका थिए । सर्ट बल पुल खेल्ने क्रममा अर्जुनले उक्त जीवनदान पाएका थिए । त्यस्तै ३६ औं ओभरको पहिलो बलमा एवाल्ड कट एन्ड बोल्ड गर्न चुकेका थिए ।

    ३७ औं ओभरमा मिडअनमा ८८ रनमा क्याच छुट्न पुग्दा पुन जीवनदान पाएका थिए । अर्जुनले गत डिसेम्बरमा अफगानिस्तानविरुद्ध ९१ रन बनाएर आउट भएका थिए  । जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले अर्जुन आउट हुँदा ३८ ओभरमा ८ विकेट गुमाउँदै १८३ रन बनाएको छ ।

    Post Views: 183
    प्रकाशित मिति: २०८० माघ ७, आईतवार २१:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.