• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ईट्टा उद्योग संकटमा परेको भन्दै संरक्षणका लागि उद्योगीको माग

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ७, आईतवार २१:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुपन्देही,माघ ७ / रुपन्देहीका ईट्टा उद्योगीहरुले मागमा अत्यधिक कमी आउनुका साथै बैकिङ ब्याजदरलगायतका समस्याका कारण आफूहरु संकटमा परेको जनाएका छन् । जिल्लामा रहेका ५२ ईट्टा उद्योगहरु संकटमा परेको उद्योगीहरुले जनाएका छन् । सरकारी विकास निर्माणका काम तथा निजी क्षेत्रका निर्माणमा समेत एकदम कम हुँदै गएपछि बजारमा ईट्टाको माग घट्दै गएको उद्योगीहरुको भनाइ छ ।

    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघले भैरहवामा पत्रकार सम्मेलन गर्दै यस क्षेत्रका उद्योगहरु चरम संकटमा रहेकाले उद्योग बचाउन सरकारसँग माग गरेका छन् । ईट्टा उद्योगलाई बचाउन सरकारले मात्रै सक्ने भएकाले सरकारको ध्यानाकर्षण गरिएको जनाएका छन् । ‘निर्माणको काम न्यून हुँदा ४ वर्षदेखि माग निरन्तर घटदै जानु एक ठाउँमा छ, अर्कोतर्फ बैंकको ब्याज बढदै जानु, कच्चा पदार्थका रुपमा रहेको माटोको अभाव, स्थानीय तहले लगाउने अनावश्यक कर, कोइला र कामदारको अभाव यस उद्योगमा थप समस्याका रुपमा छन्, समस्या घट्नुको साटो बढदै जाँदा हामीहरु निकै अप्ठेरोमा परेका छौं’, संघका रुपन्देही अध्यक्ष अजयकुमार गुप्ताले भने ।

    ‘पुस माघ महिना भनेको हाम्रा ईट्टा उद्योगहरुको लागि पिक आवर हो, अहिले काचो ईट्टा तयार गरी ई्ट्टा पोल्ने समय हो, तर उद्योगमा कुनै उत्साह छैन, एकाध ईट्टा उद्योगमा काम सुरु भए पनि अन्य सबै मौन छन्’, अध्यक्ष गुप्ताले भने । अध्यक्ष गुप्ताले यस वर्ष जिल्लामा रहेका ५२ वटा ईट्टा उद्योगमध्ये २५ प्रतिशत पनि सञ्चालनमा आउन नसक्ने दाबी गर्दै सबै उद्योगहरुमा गरी गतवर्षकै करिब ८ करोड गोटा ईट्टा मौज्दातमा रहेको बताए ।

    रुपन्देहीमा रहेका ५२ ईट्टा उद्योग मध्ये अहिलेसम्म एभरेष्ट, जेएम र हिरा इट्टा उद्योगले मात्र ईट्टा उत्पादनको काम सुरु गरेका छन् । प्रतिकुल मौसम थप समस्या रहेको ईट्टा उद्योगीहरुको भनाइ छ । बजारमा माग घट्दै जाँदा र गतवर्षकै उत्पादन बिक्री नभई मौज्दातमा रहँदा कति काचो ईट्टा तयार गरी भट्टामा हाल्ने हो उद्योगीले सोच्नै नसकेको संघका महासचिव दीपक पौडेलले जनाए । ‘अहिले मौसम पनि त्यस्तै छ, काचो ईट्टा सुक्न पनि समस्या, कति बेला पानी पर्छ थाहा हुँदैन, खुल्ला आकाशमुनिका उद्योगमा प्रतिकुल मौसम प्राकृतिक समस्या भैहाले त्यसमाथि अन्य समस्या बिकरालरुपमा अघि बढदा हामीहरु चरम संकटमा छौं’, उनले भने ।

    संघका महासचिव दीपक पौडेलले बैंकको ब्याज बुझाउन र तनावबाट जोगिनका लागि व्यवसायीले घाटा खाएर पनि बिक्री गर्न बाध्य भएको बताए । पौडेलका अनुसार रुपन्देहीका प्रतेक इँट्टा उद्योगमा ५ देखि ६ करोड रुपैयाँको लगानी छ । पुसदेखि जेठ महिनासम्म चल्ने यो व्यवसायमा एउटा उद्योगमा कर्मचारी र कामदार गरि ७० देखि ८० जना रोजगार छन् ।

    ईट्टा बिक्री नहुँदा धेरै उद्योगहरुले बैंकको ऋण भुक्तान गर्न नसकेका उद्योगी बाबुराम पाठकको भनाइ छ । सरकारले निर्माण व्यवसायीहरुको रकम भुक्तानी नगरेको कारण बिक्री भएको रकम पनि प्राप्त हुन नसकेको र राजश्व कार्यालयमा मूल्य अभिबृद्धि करबापत तथा आयकरको रकमहरु समेत बुझाउन नसकिएको उद्योगी पाठकको भनाइ छ । कर कार्यालयमा बारम्बार जरिबाना थपिदै गएकोले राज्यले यो बिषयमा निणर्य गरी एउटा निश्चित सीमा तय गरिदिनुपर्ने ईट्टा उद्योग व्यवसायी महासंघका सल्लाहकार हरि अधिकारीले बताए ।

    अहिले रुपन्देहीसहित देशभरिका ईट्टा उद्योगहरुको अवस्था बेहाल छ, ईट्टा उद्योग बन्द हुँदै गएभने सुस्त गतिमा भएका देश बिकासका काम अझ बढी प्रभावित हुन्छ, राज्यले बेलैमा सोच्नुपर्छ, अधिकारीले भने, काचो ईट्टाको बिमा पनि नहुने भएकाले यो अर्को समस्या छ, काचो ईट्टाको बिमाका बारेमा प्रदेश सरकार र संघीय सरकारलाई धेरै पटक ध्यानाकर्षण गरायौ तर केही भएको छ्रैन, अधिकारीले भने । साभार नेपालप्रेस

    Post Views: 224
    प्रकाशित मिति: २०८० माघ ७, आईतवार २१:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.