• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

घरभित्रै हत्या गरिएकी सफिनाको शव तीन महिनापछि फेला

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ७, आईतवार २१:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, माघ ७ / काठमाडौंको शोभाभगवतीस्थित एक घरमा हत्या भएको तीन महिनापछि शव फेला परेको छ। गत शुक्रबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका-१५ शोभाभगवतीस्थित दुइ तले घरको भुइँ तलामा एक जना महिलाको शव फेला परेको थियो। उक्त घरकी घरबेटी सरिता गिरी भने अर्कै घरमा बस्थिन्। एक वर्षदेखि एक जोडी ‘लिभिङ टुगेदर’ उक्त घरमा बस्दै आएका थिए। तर उनीहरूको नाम-ठेगाना लगायतका विवरण घरबेटीलाई थाहा थिएन।

    शुक्रबार दिउँसो उक्त घरमा घरबेटी गिरी पुग्दा बाहिरबाटै ताला लगाइएको थियो। ताला लगाइएको घरमा बाहिरसम्म गन्ध आएपछि उनले स्थानीयलाई बोलाइन्। हल्लाखल्ला भएपछि प्रहरीलाई समेत बोलाइएको थियो। अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भूबाट डिएसपी पूर्णिमाकुमारी चन्द र जिल्ला प्रहरी परिसर काठमाडौंबाट विशेष टोली खटिएको थियो। ढोका फोडेर हेरेपछि एक जना महिलाको शव भुँइमा सडिगलिसकेको अवस्थामा फेला परेको परिसर प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए।

    उनका अनुसार बाहिरबाट ताला समेत लगाइएको र भित्र महिला मृत फेला परेपछि हत्याकै आशंकामा अनुसन्धान अघि बढाएको थियो। ‘दुइ जना बस्ने घरमा महिला मृत फेला पर्नु र बाहिरबाट ताला लगाएको हुँदा हत्या हो भन्ने आशंकामा अनुसन्धान अघि बढ्यो,’ उनले भने, ‘घरेबेटीले आफ्नो घरमा बस्नेको विवरण नराख्दा मृत फेला परेकाको पहिचान सुरूमा खुलेन। अनुसन्धानकै क्रममा पहिचान खुल्यो।’ एसएसपी खत्रीका अनुसार घरमा केही कागजात फेला परेपछि महिलाको पहिचान खुलेको हो। मृतक तनहुँ भिमाद नगरपालिकाकी ५१ वर्षीया सफिना मिया हुन्। उनीसँगै बस्ने पुरूष भने गायब थिए। शव सडिगलिसकेको अवस्थामा हुनु र सँगै बस्ने पुरूष फेला नपरेपछि उनी नै मुख्य आरोपी हुनसक्ने प्रहरीको अनुमान थियो।

    ती पुरूषको पहिचान खुलाउन पनि प्रहरीले केही कागजातहरू फेला पारे। घरमा फेला परेका गार्मेटका कागजातबाट उनको पहिचान खुल्यो। उनी भारतको मोतिहारीका ४३ वर्षीय इकरामउल हक अन्सारी भएको उनले बताए। मृतक मिया र फरार रहेका अन्सारी दुबै जना विवाहित हुन्। उनीहरू छुट्टिएर काठमाडौंमा बस्दै आएका थिए। काठमाडौंमा गार्मेट उद्योगमा कालिगढको काम गर्ने जिबिएस गार्मेटबाट भदौ २४ गते दुई हजार रुपैयाँ भुक्तानी लिएको रेकर्ड कार्ड प्रहरीले घरबाट फेला पारेको थियो। जसबाट उनीसम्म पुग्ने आधार  पाएको एसएसपी खत्री बताउँछन्। तर सोही बेला अन्सारी भारत भागिसकेको सूचना प्रहरीले पायो।

    बल्खुबाट बिहान करिब ६-७ बजेतिर वीरगन्ज जाने सुमो चढेर भागेपछि परिसरले भारतीय प्रहरीसँग समन्वय गर्‍यो। ‘अनुसन्धान गर्दै जाँदा उनी रक्सौल, गुजरात, लखनउ हुँदै भारतका विभिन्न स्थानमा दुइ महिनासम्म भारतमा बसिरहेका रहेछन्,’ एसएसपी खत्रीले भने, ‘आफूले गरेका हत्याबारे प्रहरीले थाहा पाए/पाएनन् भनेर साथीहरूसँग उनले निरन्तर सूचना लिइरहेका हुन्थे। तर प्रहरीले थाहा नपाएपछि अन्सारी काठमाडौं नै फर्किएर आए।’ काठमाडौं आएपछि कालिमाटीस्थित बिएन फेसन गार्मेन्टमा काम गरिरहेको थाहा पाएपछि प्रहरीले अन्सारीलाई पक्राउ गरेको एसएसपी खत्रीले बताए।

    प्रहरीका अनुसार घटना कात्तिक पहिलो साता भएको हो। हत्‍या भएको यकिन मिति भने खुलिसकेको छैन। इकरामउल र सफिनाबीच पछिल्लो समय विवाद भइरहन्थ्यो। इकरामउलले मदिरा सेवन गरी विवाद गर्ने गरेका थिए। एक राति करिब ९ बजेदेखि सुरू भएको विवाद भोलिपल्ट बिहान ३-४ बजेसम्म भएको थियो। त्यसैक्रममा इकरामउलले भित्री ढोकाको आग्लोले प्रहार गरी गम्भीर बनाएको अनुसन्धानबाट खुलेको छ। चिकित्सकको पोष्टमर्टम रिपोर्टअनुसार सफिनाको शरीरका विभिन्न ठाउँमा चोट देखिएका छन्। कुटपिट गरेपछि घाँटीमा सलले बाँधेर हत्या गरेको देखिएको एसएसपी खत्रीले बताए।  हत्‍यापछि डरले इकरामउल घरमा ताला लगाएर हिँडेका थिए। उनले घरको चाबी पनि झाडीमा फालेर बल्खुतिर हिँडेर गएका थिए। परिसरले उनलाई आइतबार सार्वजनिक गरेको हो।साभार सेतोपाटी

    Post Views: 171
    प्रकाशित मिति: २०८० माघ ७, आईतवार २१:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.