• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

रुपन्देही व्यापार सङ्घको अध्यक्षमा अधिकारी निर्वाचित

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ६, शनिबार ०९:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल, माघ ६ गते / रुपन्देही व्यापार सङ्घको १२ औँ अधिवेशनबाट दीपक अधिकारी अध्यक्ष पदमा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा यसअघि सङ्घका द्वितीय उपाध्यक्ष रहेका अधिकारीले सङ्घका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीलाई ८० मतको फरकले पराजित गरेका हुन्।

    आज बिहान आएको मत परिणाम अनुसार अधिकारीले कुल खसेको १ हजार ८७ मत मध्ये ५४३ मत पाए भने भण्डारीले ४६३ मत प्राप्त गरे । अधिकारी र भण्डारीले अलग अलग प्यानल बनाएर निर्वाचन लडेका थिए। अधिकारी प्यानलबाट सङ्घको अन्य पदाधिकारी र सदस्यहरूमा दुवै प्यानलको मिश्रित परिणाम आएको छ।

    सङ्घको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधि भण्डारी विजयी भएका छन्। भण्डारीले ५३५ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाएका छन्।

    त्यसै गरी द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेमनाथ पाण्डे विजयी भएका छन्। उनका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त गरे। सङ्घको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५४४ मतका साथ विजयी भए भने भण्डारी प्यानलका झविन्द्र प्रसाद अधिकारीले ४५२ मत प्राप्त गरेका छन्।

    त्यसै गरी सचिव पदमा भण्डारी प्यानलका मनोहरि बस्याल ५२९ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४३८ मत प्राप्त गरे। सहसचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५४८ मत सहित विजयी भए भने उनका प्रतिस्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४४६ मतमा पाए। सह कोषाध्यक्ष पदमा ५१९मत सहित अधिकारीको प्यानलका अर्जुन प्रसाद भट्टराई विजयी हुँदा भण्डारीको प्यानलका विनीत भट्टराई ले ४८५ मत प्राप्त गरेका छन्।

    सङ्घको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त यस अघि नै निर्विरोध निर्वाचित भई सकेका छन्। सङ्घको सदस्य पदमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भटराई आचार्य ईश्वरा देवकोटा,अशोक ज्ञवाली, गकुल ज्ञवाली,गोविन्द प्रसाद चापागाई,घनश्याम भुसाल, जयलाल न्यौपाने, जीवनारायण घिमिरे, जिवलाल पौडेल , शाभा कुमारी जोशी क्षेत्री, नलराज नेपाल,बालकृष्ण बस्याल,माधव प्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ विजयी भएका छन्। रातोपाटी

    Post Views: 215
    प्रकाशित मिति: २०८० माघ ६, शनिबार ०९:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.