• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

निकुञ्जभित्र चल्ने अवैध सवारी हटाइने

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ५, शुक्रबार ०८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नारायणगढ, माघ ५ गते । चितवन राष्ट्रिय निकुञ्जले बिलबुकमा उल्लेख भएविपरीत स्वरूप परिवर्तन गरी सिट सङ्ख्या थपेर सञ्चालनमा रहेका जिपलाई निकुञ्जबाट विस्थापन गर्दै जाने भएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पर्यटकलाई भ्रमण गराउने करिब १५० सवारीसाधन त्यसरी कानुनविपरीत स्वरूप परिवर्तन गरेर सञ्चालन भएको पाइएपछि निकुञ्जले यस्तो रणनीति बनाएको हो ।

    तीमध्ये एउटा जिपलाई ट्राफिक प्रहरीले कारबाही गरी सात हजार रुपियाँ जरिबाना गरेको थियो । गोरखापत्र दैनिकले गत सोमबार ‘निकुञ्जभित्र चल्ने सवारीसाधन अवैध’ शीर्षकको समाचार सार्वजनिक गरेपछि निकुञ्जले जङ्गल सफारीमा आउने सवारीसाधनलाई नियमित विस्थापन गर्दै जाने जानकारी दिएको हो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जभित्र चलेका त्यस्ता सवारीसाधन एकै पटक हटाउँदा पर्यापर्यटनलाई असर पर्ने देखिएकाले यसलाई व्रmमशः नियन्त्रण गर्दै विस्थापन गरेर लैजाने रणनीति निकुञ्जले बनाएको जानकारी दिनुभयो ।

    “जङ्गल सफारीका लागि दर्ता हुने नयाँ सवारीसाधनलाई हामीले बिलबुक अनुसार सिट सङ्ख्या छ वा छैन यकिन गरेर मात्रै दर्ता गर्ने रणनीति अवलम्बन गरेका छौँ,” उहाँले भन्नुभयो, “अहिले चलिरहेका सवारीसाधन पनि हरेक वर्ष निकुञ्जमा नवीकरण गर्नु पर्छ । अब साउनमा नवीकरण गर्दा अहिले भएका सवारीसाधन पनि बिलबुकबाहिर गएर स्वरूप परिवर्तन गरी सिट सङ्ख्या थपिएको पाइए तिनको नवीकरण गरिने छैन ।”

    निकुञ्जभित्र मात्रै अहिले सौराहा, मेघौली, जगतपुर पटिहानी, माडी र नवलपरासीको अमलटारीबाट मात्रै ५० भन्दा बढी सवारीसाधनले जङ्गल सफारीको अनुमति लिएका छन् । ती सवारीसाधनलाई मान्यता दिन क्षेत्रीय होटल सङ्घ सौराहाले सरोकारवाला निकायलाई दबाब पनि दिएको छ ।

    सङ्घले जङ्गल सफारीमा प्रयोग हुने सवारीसाधनमा देखिएका समस्या समाधान गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएर समस्या समाधानका लागि माग गरेका छन् । व्यवसायीहरूबाट ज्ञापनपत्र बुझेपछि मन्त्री ज्वालाले गत सोमबारै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभए पनि अहिलेसम्म समस्याको निकास निस्केको छैन ।

    क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया निकुञ्ज एक्लैले भन्दा पनि कुनै पनि काम कार्यान्वयन गर्दा सरोकार निकायसँगको समन्वयमा गर्नुपर्ने बताउनुभयो । “सवारीसाधन विस्थापन गर्नु पर्छ तर सरोकार निकायको सहमति नलिई कुनै पनि निर्णय गरिए कार्यान्वयनमा समस्या हुन्छ,” उहाँले भन्नुभयो । नागरिक

    Post Views: 254
    प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार ०८:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.