• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाबुले नै छाेरीमाथि कुकृत्य गरेकाे आराेप, जाहेरी दिने दाजुकाे `हत्या´

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ३, बुधबार २१:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुर्खेत,माघ ३ / जिल्ला प्रहरी कार्यालय सुर्खेतमा एक पुरूषविरुद्ध गत कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता भयो ।सो जाहेरी बुवाले बहिनीकाे बलात्कार गरेकाे भन्दै छोराले दिएका थिए । जाहेरी दिने २१ वर्षीय भरत बुढाकाे साेमबार हत्या गरियाे । प्रहरीका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीका भरतकाे शरीरमा घरेलु धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियाे । घटनाबारे प्रहरीले बेलुका १ बजे स्थानीयबाट खबर पाएको जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानमा उक्त हत्या बलात्कार घटनासँग जोडिएको देखिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए । खड्काका अनुसार मृतकका काकाले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएका छन् । मृतक बुढाकी बहिनीले भारतमा रहेका आफ्नै बुबाले दाइको हत्या गरेको बयान दिएकी छन् । आफूलाई बुबाले नै बलात्कार गरेको र सोही विषयमा बुबा र दाइबीच विवाद हुने गरेको उनकाे बयान छ ।

    निरीक्षक खड्का भने, ‘हत्यामा मृतकका बुबाकै हात रहेको भनेर जाहेरी दर्ता भएको छ । उनको खोजी कार्य भइरहेको छ । साथै गहिरो रुपमा थप अनुसन्धान पनि भइरहेको छ । जाहेरी दर्ता भएपछि केही समय अगाडि मात्रै शवको पोस्टमार्टम भएको छ । मृतक युवककी बहिनीले दाइको हत्या बुबाले नै गरेको भने पनि ठोस प्रमाण पाउन सकेको छैनौं ।’

    यस्तो छ घटना विवरण

    गत असोज २७ गते मृतककी बहिनी १९ वर्षीया किशाेरी मामाघरमा थिइन् । कामको सिलसिलामा भारतमा मजदुरी गर्दै आएका बुबा गाउँ आएको खबर पाइन् । उनलाई  बुबाले घरमा बोलाए । धेरै समयपछि घर आएका बुबालाई भेट्न उनी मामा घरदेखि घर गइन् । लामो अन्तरालपछि बुबासँग भेटिएकोमा उनी खुसी थिइन् । त्यो दिन बुबालाई त भेटिन् । तर, सोही रात उनले कहिले पनि कल्पना नगरेको घटना घट्यो । उक्त दिन खुशी बोकेर मामा घरबाट आएकी उनलाई बुबालाई भेटेको रातले तड्पायो ।

    त्यसरात आफ्नै बुवाबाट बलात्कृत भएकाे बयान किशाेरीले दिएकी छन् ।  घटनाबारे उनले कान्छीआमालाई सुनाइन् । कान्छी आमाले  उनलाई याे कुरा गुपचुप राख्न सल्लाह दिइन् । यस्ता कुरा बाहिर भन्यो भने आफ्नै इज्जत जान्छ भन्दै चुप लगाइन् । तर किशाेरीकाे मन मानेन । घटना घटेको केही सातापछि मनमा आँट बटुलेर दाइलाई सुनाइन् । दाइले यस विषयमा बुवालाई साेधे । त्यसपछि बाबुछाेराकाे झगडा हुन थालेकाे किशाेरीकाे बयान छ ।

    त्यसपछि किशोरीका दाइले एक गैरसरकारी संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते बुबाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराए । जाहेरीमा बताइएअनुसार किशोरीका दाइलाई उजुरी नहाल्न उनका बुबाले धम्कीसमेत दिएका थिए । छोराले उजुरी दिएपछि बुवा कान्छी श्रीमती लिएर भारत गए । किशोरीले प्रहरीमा दर्ता गराएको जाहेरीमा भारतमा काम गर्ने आफ्ना बुबाले घरमा भेट्न बोलाएर जबरजस्ती करणी गरेको उल्लेख छ । ती किशोरीका दाइ र उनी जेठी पट्टिका सन्तान हुन् भने कान्छीबाट कुनै पनि सन्तान छैनन् ।

    बहिनीलाई न्याय दिन लड्दै गरेका दाजुको मंगलबार राति विभत्स हत्या भयो । घरको बाख्राको खोरनजिक स्याउलाले ढाकिएको अवस्थामा ती किशोरीले आफ्ना दाइको शव फेला पारेकी थिइन् । पिसाब फेर्न निस्किएकी उनले दाइको हत्या भएको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । किशाेरी अहिले सेफहाउसमा छिन् ।साभार नेपालप्रेस

    Post Views: 153
    प्रकाशित मिति: २०८० माघ ३, बुधबार २१:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.