बर्दिया,माघ ०१ गते (माउण्टेनसमाचार) / राजनीतिक सिमाले विभाजित गरेको छ तर,प्राकृतिक सम्पदाको सिमाले कहिल्यै पनि कर्णाली प्रदेशबाट बर्दियालाई नछुट्याउने उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले बताएका छन् । वाइ वाइ छैठौं बाँसगढी औद्योगिक,कृषि,पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव २०८० को उद्घाटन गर्न आएका रक्षा मन्त्री खड्काले आइतबार यस्तो बताएका हुन् ।


महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्राकृतिक सम्पाद, भुगोल, सांस्कृतिक, सभ्यताको सिमाले, धार्मिक विश्वास, सामाजिक विश्वासले कर्णाली प्रदेशबाट बर्दियालाई छुट्याउन नसक्ने मन्त्री खड्काले बताए ।
‘संविधान निर्माणका क्रममा अन्तिमसम्म बर्दिया र बाँकेलाई कर्णाली प्रदेशबाट छुट्याउन हुन्न’मन्त्री खड्काले भने,‘यसको परम्परा,संस्कृति, संस्कार, उन्नती, विकास, स्रोत र साधनले जोडिएको उत्तर दक्षिण सबै खालको भुगोल जोडिएको र अन्यन्तै मिलेको छ ।’ वर्षौ देखि एउटै विकास क्षेत्रमा बाँधिएर यहाँको उन्नती प्रगतिमा सबै सहभागि भएर काम गरेका हौं । त्यसैले बाँके र बर्दियालाई कर्णाली प्रदेशबाट नछुट्याउन अन्तिम सम्म प्रयत्न गरेकै हो । आज म कसैलाई केही भन्न चाहन्न । राजनीतिक सिमाले प्रादेशिक सिमाले अहिले हामीलाई दुई प्रदेशमा पारेको छ ।

हिमाल, पहाड र तराई एक ठाउँमा जोडिदाँ त्यो सबै खालको विकासको प्रगतिले हामीलाई माथि उठाउन तगात दिन्छ । त्यो तगातप्रति हामी इमन्दार हुन जरुरी छ । विगतमा टुट्यो भविष्यमा हामी नटुट्ने संकल्पका साथ सबै राजनीतिक दललाई मन्त्री खड्काले अनुरोध गरे ।

उद्घाटन कार्यक्रममा माननीय सांसद संजय गौतम, अब्दुल खान, गिता बस्नेत, शोभा ज्ञवाली, जुवेदा खातुन साथ लुम्बिनी प्रदेश माननीय सांसद जन्मजय तिमल्सिना, भुवनेश्वर चौधरी र उद्योग वाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष मंगल पाण्डे लगायतको उपस्थिती रहेको थियो ।




