बढैयाताल, पुस २७ गते(माउण्टेनसमाचार) / कृषि पर्यटन, उद्योग, व्यापारको प्रवर्द्धन र रोजगारी, प्रादेशिक महोत्सव २०८० बढै्यातालको चिनारी भन्ने नाराका साथ पुस २६ गते बिहिबार संघिय सांसद संजय कुमार गौतमले महोत्सवको उद्घाटन गर्नुभएको छ ।


उद्घाटन संगै प्रमुख अतिथि पुर्व मन्त्री एवं नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य साथै माननीय सन्जय गौतम ले प्रथम बढैयाताल महोत्सवको सफलताको शुभकामना दिदै भने बढैयातालको मौलिकता, प्राकृतिक सम्पदा र परम्परागत संरचनालाई संरक्षण गर्नुपर्नेमा जोड दिनु पर्ने र बढैयाताल गाउँपालिका क्षेत्र भित्र पर्ने हजार बिगाह भन्दा धेरै जग्गा रहेको कपास विकासको जग्गामा एग्रो पोलिटेक्निक बनाउन सकेमा रोजगारको सृजना गर्न सकिने गौतमले बताए।

आफूले सुन्दर बर्दियाको कल्पना गरेकोले बर्दियाको समृद्धि र बिकासको लागि सांसदमा आवाज उठाउदै आएको स्मरण गराउँदै भ्रष्टाचारमुक्त सुशासन युक्त समाज बनाउन सकेमा मात्र देशमा समृद्धि ल्याउन सकिने सांसद गौतमले भने । गौतमले भने बढैयातालमा बनेका कृत्रिम संरचनाले, तालको छेउमा ठुला ठुला आवाजमा डिजेका ध्वनिले तालमा लाखौ किलोमिटर टाढाबाट आउने आगन्तुक चराहरूलाई वाधा पुग्दा संख्या कम हुदै गएको देखिएकोले कृत्रिम संरचनालाई व्यवस्थापन गर्न अनुरोध गरे । बढैयाताललाई मात्र प्राकृतिक रुप मै व्यवस्थित गर्न सकेमा यस क्षेत्रमा पर्यटकहरुको आगमनले यस क्षेत्र मै प्रचुर रोजगारको सम्भावनाहरू रहने गौतमले बताए। यस महोत्सवले यस क्षेत्रमा उत्पादन हुने ढाकाका कपडा लगायतका विभिन्न उत्पादनले बजारको सम्भावनालाई समेत टेवा पुर्याउने समेत गौतमले बताए।
कार्यक्रममा लुम्बिनी प्रदेश नेपाली काङ्ग्रेस प्रमुख सचेतक माननीय जन्मजय तिमिल्सेनाले बर्दिया जिल्लालाई देश भरि नै चिनाउनका लागि यस्ता किसिमका महोत्सवहरुले टेवा पुग्ने बताए । तिमल्सिनाले “बर्दिया जिल्लालाई कृषि क्रान्ति गर्न कृषिको हव कसरी बनाउन सकिन्छ भन्न तिर लागिपरेका छौ साथै यस क्षेत्रमा रहेको बढैयाताल पर्यटकीय दृष्टिले एकदमै सम्भावना वोकेकले बढैयाताललाई पर्यटनको हवका योजना बनाउनु पर्ने” उनले भने
थारुहरुमा देखिने सिकलसेल रोगको व्यवस्थापनका लागि बर्दिया जिल्ला सिकलसेल अस्पताल निर्माणका लागि ८ वटै प्रदेश माननीयहरु हामी एक भएर अगडी बढेको समेत तिमल्सिनाले भने ।

महोत्सवमा स्थानीयले उत्पादन गरेका विभिन्न उत्पादनहरूको बजारीकरणमा सहजता हुने बढैयाताल उद्योग वाणिज्य संघ मैनापोखरका अध्यक्ष बालकृष्ण लामिछानेले बताए।
बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समिति संयोजक बालकृष्ण लामिछानेको अध्यक्षतामा संघिय सांसद संजय कुमार गौतमले उद्घाटन गरेको, उद्घाटन समारोहमा संघिय सांसद सोभा ज्ञवाली, शान्ति चौधरी, लक्ष्मी तिवारीको सहभागिताका साथ लुम्बिनी प्रदेश नेपाली काङ्ग्रेस प्रमुख सचेतक माननीय जन्मजय तिमिल्सेना, प्रदेश संसद भुबनेश्वर चौधरी, राज कुमार चौधरी, जिल्ला समन्वय समित बर्दियाका प्रमुख सूर्य बहादुर बिष्ट, उद्योग बाणिंज्य महासंघ लुम्बिनी प्रदेशका कृष्ण प्रसाद शर्मा, बढैयाताल गाँउपालिका अध्यक्ष हिमालय तिपाठी लगायत बर्दियाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख साथ नेपाल यातायात व्यवसायी महासंघ केन्द्रीय सहमहासचिव शम्भुप्रसाद रिजाल, गुलरिया उद्योग वाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे(मंगल) को उपस्थिति रहेको थियो ।
बढैयाताल उद्योग वाणिज्य सँघको मुख्य आयोजनामा सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्ने छ । महोत्सवमा १ सय ५० बढी स्टल निर्माण गरिएका छन । महोत्सव करिव १ लाख दर्शकहरु अवलोकन गर्ने आयोजकले जनाएको छ । धार्मिक तथा पर्यटकिय स्थल एक सय गन्तब्य सुचिमा पर्न सफल सिमसार क्षेत्र बढै्याताल अवलोकन गर्नुका साथै थारु आदिवासी तथा सिमान्तकृत समुदायको भेषभुषा तथा संस्कृतिक प्रदर्शनी, बाल उद्याम, औद्योगीक प्रदर्शनी, घरेलु तथा कृषि प्रदर्शनी रहनुका साथै आज पुस २७ गते शुक्रबार देखी राष्ट्रिय ख्याती प्राप्त तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।




