बर्दिया,पौष २५(माउण्टेनसमाचार) / भारतबाट भन्सार छली अबैध रुपमा ल्याएईको सामान प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट अबैध सामान प्रहरीले मंगलबार बरामद गरेको हो ।

अटो पार्टस्का सामान बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद सामान मुल्य रु ११ हजार ६ सय ४० बराबरको छ ।
बरामद सामान आवश्यक कारवाहीको लागि बुधबार राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।




