बर्दिया,पौष २२(माउण्टेनसमाचार) / भारतबाट अबैध रुपमा ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–८ स्थितबाट आइतबार प्रहरीले अबैध सामान बरामद गरको हो ।

प्रहरीका अनुसार बरामद प्लाष्टिकका सामान मुल्य रु २३ हजार ३ सय ६५ बराबरको छ ।
प्रहरीले सामान बरामद गरि आवश्यक कारवाहीको लागि राजापुर भन्सार गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।




