बर्दिया पौष २१ (माउण्टेनसमाचार)/ गुलरिया नगरपालिका – ७ स्थित बगलामुखी मन्दिर ब्यवस्थापन समितिको अध्यक्षमा दिपक ढुङगाना सर्बसम्मत चयन भएका छन् । अधिवेशनले अध्यक्षमा ढुङगानासहित ११ सदस्यीय कार्यसमिति सर्बसम्मत शनिबार चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुभाषकुमार पोखरेल, सचिव दुर्गा आचार्य, कोषाध्यक्ष निर्मला मैनाली चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा शान्तादेवी क्षेत्री, भवानी श्रेष्ठ, शोभा न्यौपाने, दुर्गा रावल, महेश घिमिरे, कृष्णराज अधिकारी र उपेन्द्र पोखरेल सर्बसम्मत चयन भएका छन् ।




