• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्रहरीले प्रहार गरेको गोली लागेर एकको मृत्यु

  •  माउण्टेन संवाददाता
  • २०८० पुष २०, शुक्रबार १९:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,पौष २० / सर्लाहीको बरहथवामा प्रहरीले प्रहार गरेको गोली लागेर ३० वर्षीय जयशंकर शाहको मृत्यु भएको छ । १५ शय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाउने र प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा झडप भएपछि प्रहरीले गोली चलाएको थियो ।

    प्रदर्शनकारीहरुले प्रहरीले बोकेको हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले बताए । उनले भने,‘हतियार खोस्न खोजेपछि गोली चलाउने अवस्था आयो ।’

    प्रदर्शनकारीले मेयर कल्पना कुमारी कटवालको घरसँगैको टहरो र गाडी जलाएका छन् । प्रदर्शनमा सहभागी दुईजना घाइते भएका छन् । सुरक्षाकर्मी तर्फ ८ जना प्रहरी घाइते भएको एसपी धितालले बताए । प्रहरी सहायक निरीक्षक भिखारी यादव गम्भीर घाइते छन् । उनलाई उपचारका लागी वीरगन्जमा पठाइएको छ ।

    झडपपछि स्थानीय प्रशासनले बरहथवा नगरपालिका क्षेत्रमा कफ्र्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले नगरपालिका क्षेत्रमा साँझ ५ बजेबाट शनिबार बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेका हुन् ।

    Post Views: 207
    प्रकाशित मिति: २०८० पुष २०, शुक्रबार १९:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.