• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मेलम्चीको पानी माघे संक्रान्तिसम्म काठमाडौं उपभोक्ताको धारा खसाल्ने सरकारको तयारी

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १९, बिहीबार १०:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    १९ पुस, सिन्धुपाल्चोक । सरकारले माघे संक्रान्तिसम्म मेलम्चीको पानी काठमाडौं उपत्यकाका उपभोक्ताको धारामा खसाल्ने योजना बनाएको छ। 

    अबको दुई साताभित्र मेलम्ची आयोजनाको काम सम्पन्न गरेर काठमाडौंमा पानी खसालिने मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । आयोजनाको मुख्यस्थलमा भइरहेको कामका बारेमा स्थलगत निरीक्षण गर्न मन्त्रालयका सचिव आचार्यसहितको सरकारी टोली सिन्धुपाल्चोक पुगेको हो ।

    साढे महिनादेखि रोकिएको मेलम्चीको पानी माघ १ गतेसम्ममा उपभोक्ताको धारा खसाल्ने तयारी सरकारको छ । दुई वर्षअघिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक स्थित हेलम्बु मुहानमा थुप्रेको गेग्रान पन्छाउने काम भइरहेको छ । यतिबेला रातदिन कर्मचारीहरु काममा खटिएका छन् ।

    सचिव आचार्यले ७० प्रतिशत काम सकिएको र अब दुई साताभित्र बाँकी काम सम्पन्न गरेर काठमाडौंका उपभोक्ताको धारामा पानी आउने दावी गरे । अहिले एकदमै गाह्रो काम भइरहेको छ, मेसिनबाट काम गर्न सकिने अवस्था छैन । टनेलमा दुई जनाभन्दा बढि मान्छे जान मिल्दैन, त्यसैले बालुवा र माटो निकाल्न हामी दिनरात गरेर कामदार खटाएका छौं, सचिव आचार्यले भने ।

    अस्थायी रुपमा काठमाडौंमा मेलम्चीको पानी आइरहेका बेला गत साउनको बाढीले हेड वर्क्सको संरचनामा ठूलो क्षति पुर्याएको थियो । करिव २० मिटर अग्लो गेग्रानले हेडवर्क्सको संरचना बिगारेको थियो । अहिले उक्त गेग्रान हटाउने काम अन्तिम चरणमा छ । 

    आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले आयोजनाको मुहानस्थलमा भइरहेको काम अबको दश दिनमा सम्पन्न हुने बताए । दुई साता अघि खानेपानी मन्त्री महेन्द्र यादव पनि आयोजना स्थल पुगेका थिए । 

    Post Views: 163
    प्रकाशित मिति: २०८० पुष १९, बिहीबार १०:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.