• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हत्या गरेको आरोपमा श्रीमान–श्रीमतीसहित ४ जना पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १८, बुधबार २१:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ,पौष १८ / दाङमा कोइलाखानीमा शव फेला परेका पुरुषको हत्या आरोपमा प्रहरीले श्रीमान श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ । पुस १३ गते कोइलाखानीको सुरुङभित्र घेराही उपमहानगरपालिका–६ अघराका ४५ वर्षका शिवराज केसीको शव फेला परेको थियो । केसीको हत्या आरोपमा बंगलाचुली गाउँपालिका–४ गदारीका ४३ वर्षका शेरबहादुर कुँवर, उनकी ३५ वर्षकी श्रीमती दीपा कुँवर, दीपाका भाइ २९ वर्षका तिलक पुन र बंगलाचुली गाउँपालिका–१ का मेघराज कुँवर पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लका अनुसार कुँवर दम्पतीले भेट्न बोलाएर केसीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पूर्वयोजना अनुसार मृतक केसीलाई दीपाले ८ पुसमा बंगलाचुलीको गदारीमा भेट्न बोलाएकी थिइन् । त्यसपछि कुँवर दम्पतीले केसीलाई बन्धक बनाएका थिए । उनीहरुले केसीसँग दुई कट्ठा जग्गा माग्दै ब्ल्याकमेलिङ गरेको पाइएको डीएसपी मल्लले बताए । ‘जग्गा नदिएपछि गोली हानी हत्या गरेको देखियो’ उनले भने ।

    १३ पुसमा केसीको शव बंगलाचुली गाँउपालिका–४ भुमेबरा सामुदायिक बनको कोइलाखानीभित्र कोइलाको धुलोमा फेला परेको थियो । प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइरहेको थियो । सोहीक्रममा मृतकका आफन्तले दीपा छोराछोरी साथमा लिएर भारत जान लागेको भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले दीपामाथि पनि अनुसन्धान गरेको थियो ।

    दीपाका श्रीमान शेरबहादुर र दीपाका भाइ तिलक पुन मगरलाई पुस १५ गते दाङको अमिलिया जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो ।त्यसपछि केरकारपछि भरुवा बन्दुकको प्रयोग गरी केसीको हत्या गरेको खुलेको थियो । भरुवा बन्दुक भने बंगलाचुली– १ का मेघराज कुँवरले उपबल्ध गराएको प्रहरीको भनाइ छ ।

    Post Views: 209
    प्रकाशित मिति: २०८० पुष १८, बुधबार २१:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.