आगामी राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले आज पनि छलफल गर्दै छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल गरेका थिए ।

यसअघिको छलफलमा भागबन्डाको टुंगो नलागेपछि नेताहरू आज पनि छलफलमा जुटेका हुन् ।आजको बैठकमा पनि शीर्ष नेताहरू सहभागी छन् । निर्वाचन आयोगले २३ पुसका लागि उम्मेदवारी दर्ता तोकेको छ । मतदान भने ११ माघमा हुनेछ ।
१९ सिटका लागि निर्वाचन हुन लागेको हो । हालको गठबन्धन अनुसार चुनाव भएको खण्डमा १९ सिटमा एमाले शून्य हुनसक्ने अवस्था छ । यसपछि ५९ सदस्यीय राष्ट्रियसभामा एमाले ९ सांसदमा खुम्चिन्छ ।




