• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जब्दीघाट पुल बनाउन संघर्ष समिति निर्माण

  •  विष्णु अधिकारी
  • २०८० पुष १७, मंगलवार २०:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पौष १७ /बर्दियाको सदरमुकामलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बबई नदीको जब्दी घाटमा पुल नबन्दा नागरिकहरु सदरमुकाम आवत जावत लागि बर्षौदेखि पिडा भोगिरहेका छन् । अनेकौ पटक राज्यका सम्बन्धित निकायका मन्त्रीहरुले बेला बेलामा आश्वासनको पोका मात्र फालेका कारण जब्दीघाट पुल पुनःनिर्माण जनअभियान समिति बनाएर स्थानीयहरु संघर्षमा उत्रिन थालेका हुन् ।

    पुल निर्माण अभियानले पत्रकार सम्मेलन गरी सरकारलाई पुल निर्माण गर्न दबाब दिने जानकारी दिएका छन् । बर्दिया सदरमुकाम गुलरिया देखि पुर्वपश्चिम राजमार्ग जोड्ने सबभन्दा नजिकको कालोपत्रे सडक मार्ग बनिसक्दा पनि पुल नबन्दा त्यस क्षेत्रका बासिन्दाले ज्यादै कष्ट, सास्ती र आर्थिक भार व्यहोर्नु परेको छ । २०७४ साल साउन २८ गते बाढिले भासिएको पुल पुन २०७९ साल असोज २० गते आएको बाढीले क्षतिग्रस्त भएको थियो । उक्तपुल क्षतिग्रस्त भएपछि जब्दीघाटमा डुँगा र अस्थायी काठेपुलबाट नदी वारपार गर्नुपर्दा बर्षायाममा थप जोखिम व्यहोर्नु परेको जब्दीघाट पुल पुनःनिर्माण जन अभियान समितिका संयोजक दिनेश प्रसाद श्रेष्ठले बताउनु भएको छ ।

    बारबर्दिया नगरपालिका वडा नं. ११ जब्दीका राम प्रसाद थारुले पटक पटक पुल क्षतिग्रस्त भएको ठाउँमा सरकारका मन्त्री आयो भनेर आफुहरु धेरै पटक पुल बन्ने आशामा पुलमा पुगेको तर काम भने सुन्यमा परिणत भएको दुःखेसो पोख्नु भयो । थारुले पुल नहुँदा गुलरिया सदरमुकाम सरकारी कामले जानुपर्दा कठिनाई परेको बताउनु भयो ।

    बारबर्दियामा विरामी भएका नागरिकलाई बर्दिया अस्पताल सम्म ल्याउन असहज भएका कारण आफुहरु स्वास्थ्य सेवाबाट पनि बन्चित हुन परेको उहाँले पीडा ब्यक्त गर्नुभयो । क्षतिग्रस्त पुलको वारिपारि पक्की सडक बनिसकेको कारण पुल बन्न आवश्यक रहेको थारुको भनाई छ । विभिन्न राजनैतिक दलका नेताहरुबाट पुल बन्ने आश्वासन पाएका नागरिकहरुले नेताहरुलाई पुल नबनाई झुटो आश्वासन लिएर आफ्नो ठाउँमा भोट माग्न नआउनका लागि थारुले सचेत गराउनु भएको छ ।

    यसैगरि बारबर्दिया नगरपालिका वडा नं. ३ बनगाई सुकुम्बासी बस्तीका अध्यक्ष दौरा थारुले बालबालिकाहरु पढ्नका लागि गुलरिया आउने भएकाले पुल नहुँदा जोखिम मोलेर यात्रा गर्नुपरेकोमा दुखेसो सुनाउनु भयो । सरकारी निकायबाट पटक पटक पुल बन्ने आश्वासन मात्र पाएको तर पुल बन्ने छाटकाट नदेखिए पछि संघर्ष समिति नै बनाएर आफुहरु पुल पुनःनिर्माणको सुनिश्तिचताका लागि सडक आन्दोलनमा जान लागेको उहाँको भनाई छ ।

    क्षतिग्रस्त ४ सय ३५ मिटरको पक्की पुल ६ बर्षदेखि पुनःनिर्माण हुन नसक्दा नागरिकले कष्ट झेल्नु परेको छ । राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाले नेतृतव लिएको जब्दीघाट पुल निर्माण संघर्ष समितिमा बारबर्दिया तथा गुलरियाका बरघर, अगुवाहरु छन् ।

    Post Views: 232
    प्रकाशित मिति: २०८० पुष १७, मंगलवार २०:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.