१७ पुस, काठमाडौं । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवक शव परिवारले बुझेका छन् । मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्याइएको हो ।

प्रारहरीका अनुसार रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको छ । बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ ।




