• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भागबन्डा नहुँदा राष्ट्रियसभा उम्मेदवार सिफारिस गर्न माओवादीमा अलमल

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १६, सोमबार २१:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,पौष १६ /  ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई दिएको म्याद आइतबार सकिएको छ । तर केन्द्रमा गठबन्धनभित्र भागबन्डाको टुंगो नलागेकाले केही प्रदेशले नाम नै सिफारिस गर्न सकेका छैनन् । केही प्रदेशले नाम सिफारिस गरेपनि आकांक्षीहरु धेरै रहेको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सिफारिस गर्न एक दुई दिन समय लाग्ने बताए ।

    यस विषयमा प्रदेश कमिटीमा छलफल हुने उनले बताए । ‘छलफल नै सुरु भइसकेको छैन’, पौडेलले भने । सुदूरपश्चिम प्रदेशमा यस विषयमा छलफल नै भएको छैन । सुदूरपश्चिम प्रदेश उपाध्यक्ष मानसिं मल्लले एउटै जिल्लाबाट १० जनासम्मको नाम आएकाले केही दिनपछि छलफल गरेर मात्रै नाम पठाउने जानकारी दिए । तर आकांक्षीको संख्या धेरै भएकाले पहिले केन्द्रमा गठबन्धनभित्र पार्टीले कुन क्लस्टरको उम्मेदवार पाउँछ भन्ने निश्चित भएपछि मात्रै सिफारिस हुनसक्ने उनले बताए ।

    ‘सबै नेताहरु अभियानको क्रममा जिल्लातिर हुनुहुन्छ । फर्किएपछि जिल्लाबाट आएका नाममा छलफल गर्ने तयारी छ’, उपाध्यक्ष मल्लले भने, ‘तर अहिले नै नाम पठाउन गाह्रो छ । किनभने, हाम्रो पार्टीले यो प्रदेशमा कुन क्लस्टरबाट टिकट पाउँछ भन्ने निश्चित नभएसम्म नाम मात्रै पठाएर काम हुँदैन । त्यसले साथीहरुबीच असन्तुष्टि मात्रै सिर्जना गर्छ । पहिले कलस्टरको टुंगो नलागेसम्म सम्भवतः हामीलाई नाम सिफारिस नहुन पनि सक्छ ।’

    यस्तै लुम्बिनी प्रदेशले केन्द्रको निर्देशनअनुसार सिफारिसको सूची पठाए पनि त्यो तोकिएभन्दा धेरै ठूलो छ । प्रदेश इन्चार्ज हितमान शाक्यले केन्द्रबाट तीन जनाको नाम पठाउन भनिए पनि आकांक्षीको संख्या धेरै हुँदा २५ जनाको नाम पठाएको जानकारी दिए । ‘पार्टीले यो प्रदेशबाट कुन क्लस्टरबाट टिकट पाउँछ भन्ने निश्चित छैन । तर पठाउन भनिएकाले हामीले समेटेर २५ जनाको नाम पठाएका छौं’, शाक्यले भने, ‘यस विषयमा पार्टीले थप छलफल गरेर टुंग्याउँछ ।’

    माओवादी केन्द्रको कर्णाली प्रदेशले ९ जनाको नाम सिफारिस गर्दैछ । प्रदेश अध्यक्ष विमला केसीका अनुसार तोकिएको मितिमै नाम सिफारिस गर्ने प्रयास अनुरुप छलफल जारी रहेको, तर तोकिएको भन्दा आकांक्षीको संख्या धेरै भएकाले मिलाउने कोशिस भइरहेको छ । ‘आजै पठाउने भनेका छौं, छलफल जारी नै छ’, उनले भनिन्, ‘केन्द्रबाट तीन जनाको नाम पठाउन भनिएको छ । तर यहाँ विभिन्न क्लस्टरका आकांक्षी धेरै हुनुहुन्छ । कम्तीमा नौ जनाको नाम जाने देखिन्छ ।’

    यस्तै मधेशबाट १० जनाको नाम सिफारिस गरेको प्रदेश इन्चार्ज लीलामणि पोखरेलले बताए । पार्टी केन्द्रीय कोषाध्यक्षसमेत रहेका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार कोशी प्रदेशले आइतबार पाँच जनाको नाम केन्द्रमा पठाएको छ । बागमती र विशेष प्रदेशले भने अझै नाम पठाएका छैनन् ।माओवादी केन्द्रले राष्ट्रिय सभाका उम्मेदवारहरूको नाम एक साताभित्र पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको थियो ।

    पदाधिकारी बैठकपछि सर्कुलर जारी गर्दै माओवादी केन्द्रले ‘सबै प्रदेशहरू एवं जबस–मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीनजनासम्म प्रस्तावित उम्मेदवारको नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनू’ भनेको थियो । आगामी माघ ११ गते हुने निर्वाचनलाई पुस २३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यसूची छ । माओवादीले राष्ट्रियसभामा निर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने तयारी गरेको छ ।

    यद्यपि, २० सीटमा हुने निर्वाचनमा अहिलेसम्म गठबन्धनमा भागबण्डा मिलिसकेको छैन । नेताहरुका अनुसार अहिलेसम्म माओवादीले हरेक प्रदेशबाट एक जना हुने गरी सात सिटमा दावी गरिरहेको छ भने ६ सिट पाउने मोटामोटी सहमति बनेको छ ।साभार अनलाइनखबर

    Post Views: 207
    प्रकाशित मिति: २०८० पुष १६, सोमबार २१:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.