• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालका नेताहरू बीपीको विचारबाट दीक्षित छन् : प्रधानमन्त्री प्रचण्ड

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १६, सोमबार १८:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+
    १६ पुस, काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा ‘एकीकृत माओवादी’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै दल र नेताहरू कुनै न कुनै रूपबाट बीपी कोइरालाको विचारबाट दीक्षित रहेको बताएका छन् ।
    नेपाली कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसका संस्थापक कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका मूर्धन्य र सर्वमान्य नेता भएकामा कसैको दुईमत नरहेको उल्लेख गरे ।
    प्रधानमन्त्री दाहालले भने, “कांग्रेसले यो कार्यक्रममा लोकतन्त्रका लागि योगदान गरेका सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरेर मुलुक र जनताका लागि नयाँ सङ्कल्प र सहमति प्रतिबद्धता गर्ने अवसर जुटाएको छ, यसका लागि धन्यवाद छ ।” उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सबै दलबीच सहमतिको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि आफूले प्रयास गरिरहेको जानकारी गराए ।
    प्रधानमन्त्री दाहालले वर्तमान सत्तागठबन्धन पूरै कार्यकालसम्म रहने र यसैबाट जनतालाई समृद्धि प्राप्त हुने बताउँदै सरकारका गरेका राम्रा कामको कांग्रेसले पनि निर्धक्क साथ अपनत्व र स्वामित्व लिन सक्नुपर्ने धारणा व्यक्त गरे ।
    वर्तमान सरकारले सामाजिक न्याय, मिटरब्याजी पीडितलाई न्याय दिने, नागरिकताको समस्या समाधान, श्रमिकका समस्यालगायत विषयमा राम्रा काम भएको उनले जानकारी गराए। “यसबाहेक जनतालाई दुःख परेका बेला र ठाउँमा सरकारबाट तत्काल सक्दो सहयोग गर्ने काम भएका छन्,” प्रधानमन्त्री दाहालले भने । उनले शुक्रबार ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान जानेगरी भएको घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको पीडित परिवारलाई राहत दिने काम अघि बढेको जानकारी गराए ।
    कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायत नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ । मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि २०३३ साल पुस १६ गते स्वदेश फर्किएका  ।
    –––
    Post Views: 163
    प्रकाशित मिति: २०८० पुष १६, सोमबार १८:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.