१६ पुस, बर्दिया । बर्दिया जिल्ला अस्पतालमा स्वास्थ्य विमाको सफ्टवेयरमा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन् । जिल्ला अस्पताल बर्दियामा स्वास्थ्य विमाको केन्द्रीय सफ्टवेयरमा समस्या देखिएपछि बर्दिया जिल्ला अस्पतालबाट सोमबार पुस १६ गते स्वास्थ्य विमा सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका हुन् ।





