• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मन्त्रीको गाडीमा आगजनी भएपछि प्रहरीले बाध्य भएर बल प्रयोग गरेकाे हाे : आईजीपी कुँवर

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १६, सोमबार १२:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    १६ पुस, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले मन्त्रीको गाडीमा आगजनी भएपछि प्रहरीले बाध्य भएर बल प्रयोग गर्नु परेको बताएका छन् । बालकुमारीमा प्रहरीले बल प्रयोग नगरेको अवस्थामा थप गम्भीर घटना निम्तन सक्ने उनको भनाइ छ । 

    संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिँदै उनले घटनास्थलको अवस्थाको बारेमा मन्त्रीको पीएसओले समेत समन्वय नगरेको बताए । उनले जवाफ दिए अनुसार घटना भएको दिन ११ः५४ मा नेपाली सेनाको पीएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको बताए । उनले भने,‘ युवाहरू अराजक रूपमा प्रदर्शनमा थिए । मन्त्रीको गाडीको टायर खोले । १२ः२० मा मन्त्रीको गाडी आगो लगाइदिए । कति बेर गोली चल्यो भन्ने कुरा छानबिनबाट आउँला ।’ 
     
    बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्रीको सवारी हुँदा स्थिति असामान्य भएको प्रहरी महानिरीक्षक कुँवरले बताए । गत पुस १३ गते बालकुमारीमा भएको घटनाबारे जानकारी दिँदै उनले प्रदर्शनकारी माथि १२४ सेल  अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको बताए । मन्त्रीको सवारीबारे कुँवरले थपे, ’मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन । भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो ।’

    प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखिएको कुँवरले बताए । मन्त्रीलाई गाडीबाट बाहिर निकालेपछि गाडी जलाउन लागेको भन्ने कुरा आएको र त्यतिबेला घटना भएको उनले बताए । युवाहरूको नेतृत्व कसैले नगरेको र अराजक रूपमा जसले जे पायो त्यै गर्ने अवस्थामा रहेको उनले बताए ।

    गोली कतिबेला चल्यो भन्ने र कतिबेला कति जना घाइते भए भन्ने यकिन हुन नसकेको पनि कुँवरले बताए । उक्र प्रदर्शनमा २ जनाको ज्यान गएको थियो । मृतक दुई युवामध्ये १२ः४० मा सुजन राउत घाइते भएको र १२ः४२ मा वीरेन्द्र शाहलाई पाटन अस्पताल पु¥याएको उनले जानकारी दिए । ईपीएस कार्यालयमा घटना हुनसक्छ भनेर २१५ नेपाल प्रहरी र ७५ जना सशस्त्र प्रहरी खटिएको उनले बताए ।

    महानिरीक्षक कुँवरले प्रहरीसँग साधनस्रोतको कमी रहेको र त्यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिए । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले उक्त घटनामा पहिला अदालतको आदेश के थियो ? ईपीएस कार्यालयको कदम के थिए भन्ने कुरा पनि हेर्नुपर्ने बताए । त्यस्तो अवस्थामा मन्त्रीको सवारी हुँदा समस्या आएको हो कि भन्ने उनको भनाइ थियो । सुरक्षाकर्मीबारे पनि त्यसपछि मात्रै भन्नुपर्ने उनको भनाइ थियो ।
     

    Post Views: 177
    प्रकाशित मिति: २०८० पुष १६, सोमबार १२:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.