• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्वास्थ्य बीमामा आकस्मिक सेवाका लागि रेफर पुर्जी नचाहिने

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १५, आईतवार २१:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,पौष १५ / स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेका व्यक्तिलाई आकस्मिक सेवा चाहिएमा रेफर पुर्जी नचाहिने व्यवस्था गरेको छ । शुक्रबार बोर्डको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा (रेफर) सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ । उक्त कार्यविधिमा आकस्मिक सेवा लिनुपर्ने व्यक्तिका लागि प्रथम सेवा विन्दुबाट रेफर पुर्जी आवश्यक पर्ने छैन ।

    नयाँ कार्यविधि अनुसार अब स्वास्थ्य बीमा गरेको व्यक्तिलाई प्रथम सेवाविन्दुले रेफर गर्दा सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा गर्नुपर्ने छ । यस्तै एउटा रोगको लागि गरिएको रेफरले सोही रोगको पुनःजाँचका लागि पनि काम गर्ने कार्यविधिमा व्यवस्था छ । सेवाग्राहीलाई रेफर गर्दा त्यस अस्पतालमा सेवा उपलव्ध भएको सुनिश्चित गर्नुपर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ ।

    यस्तै स्वास्थ्य बीमा सुविधा थैलीमा भएको औषधि र सेवाको मूल्य पनि पुनरावलोकन हुने भएको  छ । स्वास्थ्य बीमा गरेका व्यक्तिले बीमाको रकमले पाउने औषधिको मूल्य तथा सेवा हरेक तीन तीन वर्षमा मूल्य समायोजन गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन । सुविधा थैलीमा औषधि र सेवाको मूल्यको पुनरावलोक कार्यलाई सहजीकरण गरी एक महिना भित्र प्रतिवेदन पेश गर्न बोर्ड सदस्य जुनु श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

    यस्तै अहिले सञ्चालनमा रहेको स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउन अध्ययन गरी एक महिना भित्र प्रतिवेदन पेस गर्न बोर्ड सदस्य डा. मुक्तिराम श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।साभार अनलाइनखबर

    Post Views: 224
    प्रकाशित मिति: २०८० पुष १५, आईतवार २१:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.