• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाका महिला उद्यमि उत्साहित

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १५, आईतवार ०८:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,पौष १५/औद्योगिक ग्राम निर्माणका लागि महिला उद्यमि महासंघले पहल सुरु गरेपछि जिल्लाका महिला उद्यमि उत्साहित भएका छन् । औद्योगिक ग्राम निर्माणका लागि महिला उद्यमि महासंघले जग्गा उपलब्ध गराए स्थानीय सरकारले लगानी गर्ने भएको छ । महिला उद्यमिलाई प्रशिक्षित गर्न जिल्ला स्थित महिला उद्यमिले बिहिबार गुलरियामा कार्यक्रम आयोजना गरेको छ । महासंघको केन्द्रिय अध्यक्ष शोभा ज्ञवालि सहित पदाधिकारीको   कार्यक्रममा प्रमुख अतिथि रहेका गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले महिला उद्यमिको क्रियाशिलता बढाउँन स्थानीय सरकारले हातेमालो गरेर अघि बढ्ने बिश्वास दिलाए ।

    अध्यक्ष ज्ञवाली कार्यक्रमको मूल बिषयमा प्रबेश गर्दे महिला दिदि बहिनिको उत्थानको लागि केन्द्रिय सरकार र स्थानीय सरकारले महिलालाई सफलउद्यमि बनाउँन पहल जरुरी रहेको औल्याईन ।  छाता संगठन महिला उद्यमि महासंघ ६६ जिल्लामा क्रियाशिल रहेको उल्लेख गर्दे ३० बर्ष अघि देखि महिला दिदि बहिनिलाई उद्यमि मार्फत व्यबसायिक बनाउँन सक्रिय रहेको ज्ञवालिले खुलाएकि थिईन ।  ग्रामिण भेगका महिलालाई अझै अधिकार र कर्तव्य बुझाउँन आवश्यक रहेको बताईन । महिला दिदिबहिनिलाई ७७ वटै जिल्लामा संगठन विस्तार गर्न महासंघ लागिपरेको जानकारी दिईन ।

    जिल्ला जिल्लामा औद्योगिक ग्राम नहुदाँ महिला उद्यमि बन्न सहज नभएकाले औद्यागिक ग्राम निर्माणका लागि स्थानीय सरकारको लगानी हुनु पर्ने बिषयलाई उनले पटक पटक दोहोराईन । औद्यागिक ग्राम निर्माण पछि समग्र दिदि बहिनि जिवन स्तरमा बदलवा आउँने उनले बताएकि थिईन ।‘पालिका स्तरमा औद्योगिक ग्राम हुन जरुरी छ,’उनले भनिन,‘औद्योगिक ग्राममा उत्पादित बस्तुको प्याकेजिङ हुदा सबै महिलाले काम पाउँछन्,जसले गर्दा समग्र महिलाको उत्थान हुन्छ ।’

    अधिकांश महिला साना तथा मझौला उद्योगमा संलग्न भएकाले एक जनाले मात्र काम पाउँने भएकाले औद्यागिक ग्राम मार्फत समग्र महिलाको उत्थानका लागि सहयोग पुग्ने उनको भनाई छ । स्वदेशी आऔं,स्वदेशी लगाऔ, उद्यमशीलतालाई प्रोत्साहन गरौ भन्ने मुल नाराका साथ महासं अघि बढेको छ ।
    कार्यक्रममा गुलरिया नगर प्रमुख मुक्तिनाथ यादबले सहकारी र संघ संस्थामा महिलाको सहभागिताको तुलनामा महिला उद्यमि नगरमा सक्रिय नभएको बताएका छन् ।

    ‘आफ्नो हक अधिकार आफै खोज्नु पर्छ’महिला उद्यमिलाई ईगित गर्दे यादवले भने,‘बजेट बाडफाँड वा बिनियोजन गर्दा स्थानीय सरकारसँग आफ्नो अधिकार खोज्न पर्यो ।’महिला उद्यमिलाई सक्षम बनाउँनका लागि औद्योगिक ग्राम निर्माण गर्न स्थानीय सरकार लगानी गर्न तयार रहेको उनले बताए ।‘जग्गाको व्यबस्था गरिदिन पर्यो’उनले भने,‘औद्यागिक ग्रामका लागि गुलरिया नगरपालिकाले २० लाख लगानी गर्न तयार छ ।’

    यस्तै,महिला उद्यमि महासंघकि तृतिय उपाध्यक्ष बसन्ती प्रधान र लुम्बिनि प्रदेशकि अध्यक्ष सरस्वती सर्माले महिला उद्यमिको संगठनको विस्तारको क्रममा रहेकाले स्थानीय सरकारले उद्यमिलाई सवल र सक्षम बनाउँन लगानी सहित प्रोत्साहन गर्दे अघि बढाउँन पर्ने बताएका थिए ।महिला उद्यमिकि सहसचिव संगिता थापाले महासंघका पदाधिकारी सहभागि कार्यक्रमले भबिष्यमा महिला उद्यमि व्यबसायिक बन्न सक्ने गरी उर्जा थपिएको सहसचिव थापाले सुनाईन । साभार फरकसमाचार

    Post Views: 194
    प्रकाशित मिति: २०८० पुष १५, आईतवार ०८:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.