• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सुपर लिगको उपाधि ललितपुरले कब्जा गर्यो

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १४, शनिबार २१:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    १४ पुस, काठमाडौं ।  दोस्रो संस्करणको नेपाल सुपर लिग ‘एनएसएल’ फुटबल प्रतियोगिताको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेवरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधिमाथि कब्जा जमाएको हो ।

    यस उपाधिसँगै ललितपुरले रु ७० लाख प्राप्त गरेको छ । पहिलो संस्करणमा उपविजेता बनेको धनगढी यसपटक पनि दोस्रो स्थानमा रह्यो । उपविजेता बनेको धनगढीले रु २० लाख पायो । 

    ललितपुरको जितमा इमोह इजेकेलले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल गरे । यता धनगढीका लागि ओलावाले अफिज र अहमद हिजाजी एक गोल गरे । 

    खेलमा ३७औँ मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गर्दै पहिलो अग्रता लिए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा ललितपुरका इमोह इजेकेलले एक गोल फर्काउँदै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । 

    त्यसपछि खेलको ५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई दोस्रो अग्रता दिलाए । खेलको ५८ औँ मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ अग्रता बनाउँदै टिमलाई जिततर्फ अगाडि बढाए ।

    खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा धनगढीका अहमद हिजाजीले एक गोल गरे पनि ललितपुरले ३–२ गोलको जित निकाल्न सफल भयो ।  

    Post Views: 178
    प्रकाशित मिति: २०८० पुष १४, शनिबार २१:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालका ८ खेलाडीले खेल्ने भए बेल्जियमका इयू टी-२० लिग
    नेपाली फुटबलले खोजेको पुनर्जीवन
    नेपालले इङ्गल्याण्डको खेलमा मन जित्यो, आज इटालीविरुद्ध खेल जित्न मैदानमा
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.