• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राम्राे काम गरे कुनै मिसन ८४ कुर्नुपर्दैन, जनता आफैले कांग्रेसलाई बहुमत दिन्छन् : महामन्त्री थापा

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १४, शनिबार २०:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+
    १४ पुस, भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको तीन वटै तहका सरकारमा रहेका कांग्रेसका जनप्रतिनिधिलाई देश र जनताको पक्षमा राम्रा काम गरेर देखाउन निर्देशन दिएका छन् । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै  महामन्त्री थापाले कांग्रेसबाट प्रतिनिधित्व गरेका वडा, पालिका, प्रदेशदेखि सङ्घीय सरकारसम्म सबैले राम्रो काम गरेर देखाउनुपर्ने बताए ।
    नेता थापाले भने, “हामी जताततै सरकारमा छौँ, वडामा अध्यक्ष, गाउँपालिकामा अध्यक्ष, नगरपालिकामा प्रमुख, प्रदेशमा मुख्यमन्त्री, मन्त्री छौंँ, सङ्घीय सरकारमा मन्त्री छौँ, सांसद पनि छौँ । जताततै सरकारमा कांग्रेस बहुमतमा छौँ, तर जताततै समस्या छ, समस्या हटाएर शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा राम्रा काम गरेर देखाउन सके कुनै मिसन ८४ कुर्नुपर्दैन, जनता आफैले कांग्रेसलाई बहुमत दिन्छन् ।”
    महामन्त्री थापाले वडा, नगरपालिका प्रमुखका उम्मेदवारको टिकट सोही ठाउँका क्रियाशील सदस्यले मतदान गरेर चुनेर पठाउनुपर्ने बताए । आगामी निर्वाचनमा कांग्रेसले कुनै हालतमा गठबन्धन नगर्ने बताउँदै उनले आफू देश दौडाहामा जाँदा अर्को पार्टीको चुनाव चिह्नमा मतदान गर्दाको कार्यकर्ताको पीडाले मन दुःखेको बताए । 
    महामन्त्री थापाले भने, “कांग्रेस आफै एक्लै चुनाव लड्न सक्षम छ, चुनाव जित्ने नाममा कुनै पार्टीसँग अब गठबन्धन गर्दैन, कांग्रेसले राम्रो काम गरेर देखाउन सके जनताले पत्याउँछन्, नसके हार्छ, कांग्रेस हार्न तयार छ, तर गठबन्धन गर्न तयार छैन, यो निर्णय अब महासमिति बैठकले गर्छ ।” उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वास गरेर सरकारको नेतृत्व गर्न दिएको बताए । 
    देशमा कांग्रेस नभए जातीय, धर्म वा अन्य कुनै अतिवादको चपेटामा परेर देश गृहयुद्धमा फस्ने दाबी गर्दै महामन्त्री थापाले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटना जनआक्रोसको एउटा नमुना भएको बताए। देश दौडाहामा जाँदा अहिले जहाँततै नेपाली कांग्रेस सकियो, सबै भत्कियो भनेर कांग्रेसकै कार्यकर्तामा निराशा छाएको बताए । 
    कार्यक्रममा भक्तपुरका पुराना कांग्रेस नेता तिलकप्रकाश कायस्थ, बिमली आचार्य, लेखनाथ न्यौपानेलाई जिउँदा शहीदको उपनाम दिँदै दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी महामन्त्री थापाले सम्मान गरे । कांग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, मदनकृष्ण श्रेष्ठलगायतका नेताहरुले कांग्रेसलाई अगाडि बढाउन सुदृढिकरण अभियान लिएर जानुपर्ने बताए ।
    Post Views: 115
    प्रकाशित मिति: २०८० पुष १४, शनिबार २०:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.