• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एनसेल बिक्री प्रकरणमा सांसदले मागे संसदीय छानबिन

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १२, बिहीबार २१:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,पौष १२ / सांसदहरुले एनसेलको बिक्रीका विषयमा संसदीय छानबिनको माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारले गठन गरेको छानबिन समितिले गर्ने अनुसन्धानमा आशंका गर्दै संसदीय छानबिनको माग गरेका हुन् । ‘सरकारले गठन गरेको समितिले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीको बयान लिन सक्छ ?’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रश्न गरिन् ।

    प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिदकर्तासँग आफ्नो, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीको सम्बन्ध रहेको बताएका थिए । प्रधानमन्त्रीको उक्त भनाइ स्मरण गर्दै उनले भनिन्, ‘आफू उपचारका लागि जाँदा बसेको, पूर्वप्रधानमन्त्रीहरु उपचारका लागि सिंगापुर जाँदा बसेको भन्नुभएको छ । यसो हो भने उहाँहरुको कुरा छानबिन समितिले सुन्नु पर्दैन ?’ सांसद श्रेष्ठले यो विषयमा अध्ययन गर्न संसदीय छानबिन नै आवश्यक पर्नेमा जोड दिइन् ।

    नेकपा एमालेका सांसद प्रभु हजराले एनसेलको शेयर खरिद बिक्री बारे अध्ययन गर्न पूर्व कर्मचारीको नेतृत्वमा सरकारले बनाएको समितिले प्रभावकारी काम गर्न नसक्ने दाबी गरे । ‘कर्मचारीहरु आफैँ नतमस्तक हुन्छन् । यसकारण संसदीय छानबिन समिति चाहिन्छ’, उनले भने । मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ)मा बिक्री गरेको बताएको छ । यस्तो सूचना बाहिरिएसँगै यसका सम्बन्धमा प्रश्न उठेको थियो ।

    त्यसपछि सरकारले गत मंसिर २९ गते पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको थियो । एक महिनाको अवधि पाएको यो समितिमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य रहेका छन् । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भने सरकारले गठन गरेको समितिको प्रतिवेदन आएपछि मात्र अरु विषयमा छलफल गर्नु उचित हुने बताए ।

    ‘सरकारले गठन गरेको छानबिन समितिले दिने निर्णय वा प्रतिवेदनबाट प्रष्ट हुन सकिएन भने त्यो भन्दा माथिल्लो स्तरको समिति बनाउनुपर्ने हुन्छ’, उनले भने । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सरकारले गठन गरेको छानबिन समितिले उचित निचोड दिनुपर्ने बताए । ‘छानबिन समितिले उचित निक्र्योल दिन सकेन भने संसदीय छानबिन समिति गठन गर्न बाध्य हुनेछौं’, उनले भने ।

    छलफलमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले गठन गरेको छानबिन समितिको निष्कर्ष कुर्न आग्रह गरिन् । ‘एक महिनाको अवधि पाएको समितिले समयमै काम सक्ने प्रतिवद्धता जनाइरहेको छ । त्यसको निर्णय आएपछि सरकारले आवश्यक निर्णय गर्छ’ मन्त्री शर्माले भनिन्, ‘मलाई विश्वास छ छानबिन समितिले उचित निर्णय दिन्छ ।’साभार अनलाइनखबर

    Post Views: 181
    प्रकाशित मिति: २०८० पुष १२, बिहीबार २१:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.