• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सिस्टम दुरुपयोग गरी पैसा आफ्नो खातामा हाल्ने नेपाल बैंकका पूर्वशाखा प्रबन्धक दोषी ठहर

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ११, बुधबार २१:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,पौष ११ / नेपाल बैंक लिमिटेडको डिल्लीबजार पूर्वशाखा प्रबन्धक भूपराज कोइराला बैंकको रकम हिनामिना गरेको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतको खुसी प्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालालाई दोषी ठहर गरेको हो ।

    २०७६ सालमा बैंकलाई नभएको दायित्व सिर्जना गरी अनुचित लाभ लिएको आरोपमा कोइरालालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको थियो । कोइरालामाथि बैंक सिस्टम ह्याक गरी बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गरेको आरोप थियो ।

    गत मङ्सिर २६ गते कोइरालामाथिको कसुर कायम भएकोमा उनलाई ५४ लाख ८४ हजार जरिवाना तथा त्यति नै बिगो नेपाल बैंक लिमिटेडले असुल उपर गरेर लिने आदेश भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असार २१ गते विशेष अदालतमा कोइरालाविरुद्ध मुद्दा दायर गरेको थियो ।  उनले टेलर आइडी र सिस्टम सुपर युजरको दुरुपयोग गरेर अनधिकृत रूपमा आफ्नो खातामा रकम जम्मा गरेको अभियोग आयोगको थियो । साभार रातोपाटी

    Post Views: 230
    प्रकाशित मिति: २०८० पुष ११, बुधबार २१:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.