बर्दिया,पौष १० (माउण्टेनसमाचार) / राधाकृष्ण थारु जनसेवा केन्द्रको आयोजना तथा प्लान ईन्टरनेशनलको साझेदारीमा पाँच दिने लैगिक हिंसा न्युनिकरण एवंम् आत्म सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ ।

यहि पौष ४ गते देखि गुलरिया स्थित विजया गेष्ट हाउसको हलमा संचालन भएको सो तालिम तथा प्रशिक्षण कार्यक्रममा प्लान इन्टरनेशनलका निराजन खनाल र प्रशिक्षक ईश्वर विकले प्रशिक्षण दिएका थिए ।
उक्त तालिममा ठाकुरबाबा, बारबर्दिया नगरपालिकार गेरुवा गाउँपालिकाका २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठले जानकारी दिए ।
सामुदायिक सहजकर्ताको रुपमा गरि सकेका सहभागि प्रशिक्षार्थीहरुलाई पुनरताजगीको लागि तालिम दिईएको जनाईएको छ । यस तालिमबाट प्राप्त ज्ञान सिपले समाजमा हुने लैगिक हिंसाको न्युनिकरण हुने र आत्म सुरक्षा कसरी गर्ने भन्ने कुरा सिकेको सहभागिहरुले बताएका छन् । यस पाँच दिने तालिमको उद्घाटन गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले गरेकी थिईन् ।




